Breaking News

१ करोड नौ लाख ६३ हजार मतपत्र छपाइ सकियो

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

आजसम्म एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभयो। हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम ९पश्चिम भाग०, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत र बर्दघाट सुस्ता पश्चिम नवलपरासी गरी ३७ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको हो। यी जिल्लाको मतपत्र प्याकिङ पनि भइसकेको उहाँले बताउनुभयो।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।

गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ्ग तथा रुजुसमेत गरी ढुवानीको लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।

सम्बन्धित समाचार

जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना

जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना

काठमाडौँ। गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा जनसङख्या...

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...