Breaking News

अण्डाको मूल्यमा भारी गिरावट

चितवन। अण्डाको मूल्यमा भारी गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाइएको जनाएको छ।

नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो।

अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७५ र मिडियम  ३३५ कायम गरिएको छ। यसअघि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट ४३५ र मिडियम ४०५ रहेको थियो। माघ ११ गते ठूलो अण्डा ४९५ र मिडियम ४७५ पुगेको थियो।

गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो। तत्कालीन समयमा फार्ममा ठूलो अण्डा ५६५ प्रतिक्रेटमा बिक्री भएको थियो।

मझौलाको ५५० थियो। सङ्घका अध्यक्ष पोखरेलका अनुसार भारतीय सेतो अण्डा धेरै भित्रिएको र उत्पादन बढेका कारण यहाँको अण्डाले बजार र मूल्य पाउन नसकेको हो।

भारतीय अण्डा रोक्न सङ्घले सरकारी निकायसँग निरन्तर रूपमा माग गरिरहेको उहाँले जानकारी दिनुभयो।

अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ। यस आधारमा लागत मूल्य प्रतिक्रेट  पाँच सय ७४ रुपैयाँ छ पैसा पर्न आउँछ। लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका बनेका छन्।

सङ्घले देशभरका फर्मबाट मूल्य लिएर चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य जारी गर्ने गर्दछ।

सम्बन्धित समाचार

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...

काठमाडौंबाट मतदानका लागि गाउँ फर्किंदै नागरिक

काठमाडौंबाट मतदानका लागि गाउँ फर्किंदै नागरिक

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न र आफ्नो गाउँ–ठाउँको प्रतिनिधि छनोट गर्न काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारणको...

ट्रम्पद्वारा अमेरिकी सेनाले इरानका ९ युद्धपोत डुबाएको दाबी

ट्रम्पद्वारा अमेरिकी सेनाले इरानका ९ युद्धपोत डुबाएको दाबी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनाले इरानका ९ वटा युद्धपोतहरू डुबाएको र इरानी नौसेनाको मुख्यालयलाई ठूलो मात्रामा ध्वस्त पारेको...

रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

काठमाडौं। साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ। दूतावासको भवनमा दुईवटा ड्रोनबाट आक्रमण गरिएको साउदीको रक्षा मन्त्रालयले...