आईसीसी पुरुष टी– २० विश्वकप : श्रीलंकासँग आयरल्यान्डको २० रनको हार
काठमाडौँ। श्रीलंकाले आईसीसी पुरुष टी– २० विश्वकपमा विजयी सुरुवात गरेको छ । आइतबार राति सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा श्रीलंकाले आयरल्यान्डलाई २० रनले पराजित गरेको हो ।कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट मैदानमा श्रीलंकाले प्रस्तुत गरेको को १६४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १ बल बाँकी रहँदा १४३ रनमा समेटियो ।
ह्यारी टेक्टरले ४०, रस अडायरले ३४, लोर्कन टकरले २१, कर्टिस क्याम्फरले १३ र मार्क अडायरले १० रन बनाए ।
श्रीलंकाका लागि महीश थिक्साना र वानिन्दु हसरंगाले ३–३, मथिसा पथिरानाले २ तथा दुश्मन्था चमिरा र दुनिथ वेलालगेले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६३ रनको योगफल तयार पारेको थियो ।
श्रीलंकाका लागि कुसल मेन्डिसले ४३ बलमा ५ चौकाको मद्दतले अविजित ५६ रनको योगदान गरे । यसैगरी, कामिन्दु मेन्डिसले ४४, पथुम निसन्काले २४, कामिल मिश्रले १४ र दुनिथ वेलालगेले १० रन बनाए ।
आयरल्यान्डका लागि बेरी म्याकर्थी र जर्ज डकरेलले २–२ तथा मार्क अडायर र ग्यारेथ डेलानीले १–१ विकेट लिए ।
ताजा अपडेट
-
१.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
२.
गोदावरीका दुई इन्जिनियरविरुद्ध करिब दुई करोड बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर
-
३.
रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत
-
४.
प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार
-
५.
क्याप चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका कोइरालाका यस्ता छन् एजेण्डा
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
५.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
सम्बन्धित समाचार
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
सिराहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले घोषणापत्र नभई प्रतिज्ञापत्र ल्याउने...
रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत
काठमाडौं। रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान १०:४० बजे काठमाडौंबाट मन्थली-खुर्कोट...
फागुन ३ सम्ममा घोषणापत्र ल्याउन दललाई आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आउँदो फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी बुझाउन निर्देशन दिएको छ ।...
यस्तो छ नेकपाको घोषणापत्र
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनको सन्दर्भमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै मुलुकका राजनीतिक दलहरूलाई चार मुख्य वर्गमा विभाजन...




