अर्थ

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर, कुन देशको मूल्य कति?

सुनिता सुबेदी, काठमाडौं ।  विश्व बजारमा डलरको मूल्यले उकालो यात्रा कायमै राखेको छ । बिहीबारको अमेरिकी डलरको भाउको तुलानामा शुक्रबार डलरको मूल्य बढेको छ ।पछिल्लो समयमा डलरको भाउ एकदमै बढिरहेको र यसको असर विश्व अर्थतन्त्रमा देखिएको भने नेपाली पैसा विश्व बजारमा कमजोर देखिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विदशी मुद्रा विनिमयदर अनुुसार अमेरिकी डलरको मूल्य एकको खरिदमा १३२ पैसा र विक्री दरमा १३२ रुपैयाँ ९२ पैसा रहेको छ ।राष्ट्र बैंकका अनुसार यरोपियन यरो एको खरिदमा १२८ रुपैयाँ ९९ पैसा र बिक्री दर ५७ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८३ रुपैयाँ १४ पैसा र बिक्री मूल्य ८३ रुपैयाँ ५१ पैसा रहेको छ । आज अमेरिकी डलरको मूल्य युरोको तुलनामा ३ रुपैयाँ ३५ पैसाले महङ्गो रहेको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २१ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ३७ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा तोकिएको छ । मलेसियन रिंग्गेट एकको खरिद दर २७ रुपैयाँ ८९ पैसा र बिक्री दर २८ रुपैयाँ २ पैसा ,जापानी येन १० को खरिदमूल्य ८ रुपैयाँ ९२ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ९२ पैसा, चाइनिज येन एकको खरिद दर १८ रुपैयाँ ०८ पैसा र बिक्री दर १८ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

डलरको मूल्य आकासिएपछि विश्व अर्थतन्त्र साथै नेपालमा पनि असर देखिएको छ । जसको कारण नेपाली बजारमा मंहगीले नेटो काटिरहेको छ । नेपालमा धरै जसो समाग्रीहरु विदेशबाट आयत हुने गर्छ । नेपालले आयत गर्ने समाग्रीको मूल्य र्तिदा डलरमा तिर्नु पर्ने हुन्छ डलरको मूल्य बढेपछि स्वत आयात गर्ने समाग्रीको मूल्य बढ्ने हुँदा नेपाली बजारमा धेरै बस्तुको मूल्य बढेको हाे । डलरको भाउ बढ्नाले नेपालमा रेमिटेन्समा केही फाइदा भने पक्कै पुगेको छ । यदपी नेपालले लिएको ऋणको चर्को ब्याज तिर्नु पर्ने देखिन्छ जसको कारण नेपालबाट धेरै रकम अवश्य बाहिरिन्छ ।नेपाली पैसालाई बाहिरिन नदिनका लागि नेपाल आफै आत्मनिर्भर हुन जरुरी देखिन्छ ।

नेपालीहरुको टाउकोमा थप ऋणको भार पर्ने देखिन्छ । अहिले नेपालमा आर्थिक तरलता देखिसकेको छ । बैंकको अवस्था पनि उस्तै नाजुक देखिएको छ जसको कारण राष्ट्र बैंकलाई बजारमा देखिएको आर्थिकतरलता व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको छ । त्यस्तै सेयर बजारको अवस्था पनि नाजुक देखिएको छ । विभिन्न बैंकले संस्थापक सेयर लिलामी गरिरहेका छन् । व्यवसायीकलाई बैंकले चर्को ब्याजदर लगाउदा  ढाड सेकिएको छ । जसको कारण कति व्यवसायीहरु पलायन हुने अवस्था सृजना भइरहेको छ । सरकार यस विषयमा अझै नतमस्तक नै बनिरहेको छ । यस परिस्थितिबाट बाहिर निस्कनको लागि सरकारले कुनै नीति अपनाएको देखिदैन जसको कारण नेपालको अर्थतन्त्रमा धेरै नै असर भने अवश्य पर्नेछ ।

 

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...