अर्थ

अवसरहरूको असमान वितरणले मानिसहरूमा असन्तुष्टि जन्माउने गरेको छः गभर्नर पौडेल

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलले आर्थिक वृद्धिदर बढ्दै जाँदा समाजमा असन्तुष्टि र अस्थिरता बढ्ने गरेको बताउनुभएको छ । क्लिकमाण्डुद्वारा आयोजित ‘जेन–जी प्रदर्शनपछिको व्यावसायिक वातावरण’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले फ्रान्स र चीन जस्ता देशहरूमा भएको क्रान्ति तथा विद्रोहको उदाहरण दिँदै आर्थिक वृद्धिको प्रारम्भिक चरणमा स्थायित्व बढ्ने भएपनि वृद्धि बढ्दै जाँदा अवसरहरूको असमान वितरणले मानिसहरूमा असन्तुष्टि जन्माउने गरेको बताउनु भयो ।

गभर्नर पौडेलकाअनुसार नेपालमा पनि उदारीकरण नीतिका कारण केही व्यक्ति धनी भइरहेका छन्, तर यसलाई राम्रोसँग व्याख्या गर्न नसक्दा समस्या देखिएको छ । विशेष गरी नेपाल जस्तो देशमा नवप्रवर्तन ९इन्नोभेसन० आधारित सम्पती कमाइभन्दा लाइसेन्स र आयातमा आधारित तरिकाले धनी बन्ने परिपाटीले अस्वाभाविक देखिने गरेको उहाँको भनाइ छ ।

गर्भनर पौडेलले भन्नुभयो–‘जतिखेर आर्थिक वृद्धिदरहरु अलिअलि शुरु हुनथाल्छ, त्यतिखेर धेरै ठाउँमा अस्थिरताहरु हुन्छ । यो अध्ययनले पनि देखाएको हो । आर्थिक वृद्धि बढ्दै गर्दा मान्छेहरुमा असन्तुष्टीहरु बढ्छ । अवसरहरु मैले पाइन, अर्कोले पायो की भन्ने हुन्छ । त्यसले गर्दा मान्छेमा विद्रोह हुन्छ । फान्स होस् या चिनमा भएको क्रान्तिमा त्यो देखिएको थियो । मान्छेहरुले आर्थिक ग्रोथको पहिलो चरणमा स्थायित्व बढ्छ भन्ने गरिएको छ । त्यसले गर्दा नेपालमा पनि उदारिकरण जुन गरिरहेका छौँ, उदारिकरण गर्दा केही मान्छे धनी भइरहेका छन्, त्यसलाई हामीले राम्रोसँग बताउन सकिरहेका छैनौँ । नेपाल जस्तो देशमा इन्नोभेसन आधारित भएर सम्पत्ति कमाउने नभएकाले पनि अस्वभाविक जस्तो देखिने गरेको छ । खासगरी नेपालमा आयात धेरै गर्ने गरिएको छ, लाइसेन्समा आधारित भएर सम्पत्ति कमाउने परिपाटी छ । नेपालमा धेरैलाई कसरी पायो लाइसेन्स, मैले किन गर्न सकिन भन्ने लाग्ने गरेको छ ।’

नेपालको आर्थिक उदारीकरण प्रक्रिया र यसले निम्त्याउने सामाजिक प्रभावका बारेमा सचेत हुन जरुरी रहेको उहाँको भनाइ छ । गभर्नर पौडेलले आर्थिक वृद्धिलाई समावेशी बनाउन र अवसरहरूको न्यायोचित वितरण सुनिश्चित गर्न आवश्यक रहेको संकेत गर्नुभयो । जसले गर्दा समाजमा विद्रोह वा अस्थिरताको जोखिम कम गर्न सकिने उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

डलरका भाउ हालसम्मकै उच्च

डलरका भाउ हालसम्मकै उच्च

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो हुँदा...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...