अर्थ

सार्वजनिक सेवा प्रवाहमा सुधार नहुँदा असन्तोष बढेको होः उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले सार्वजनिक सेवा प्रवाहमा तत्काल सुधार आवश्यक रहेको बताउँदै दैनिक जनजीवनसँग जोडिएका आधारभुत सेवाहरूमा देखिएको समस्या सम्बोधन गर्न सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले ड्राइभिङ लाइसेन्स, पासपोर्ट र राष्ट्रिय परिचयपत्र जस्ता सेवामा लामो लाइन, झन्झटिलो प्रक्रिया र व्यवस्थापनको अभावका कारण सेवाग्राहीले सास्ती भोग्नुपरेको बताउनुभएको हो । उहाँकाअनुसार सरकारले ठूला–ठूला कुरा गर्ने भन्दापनि सामान्य सार्वजनिक सेवामा सुधारमा जोड दिनुपर्छ । सार्वजनिक सेवा सुधारमा विगतदेखि नै सरकारहरुले ध्यान दिन नसक्दा जनतामा असन्तोष बढाइरहेको उहँँको भनाइ छ । श्रेष्ठले व्यवसाय क्षेत्रतर्फ संकेत गर्दै राजनीति र व्यवसायबीचको अत्यधिक घनिष्ठ सम्बन्धले नकारात्मक सन्देश फैलिरहेको समेत बताउनु भयो । उहाँकाअनुसार राजनीतिक लबिङ र प्रभावका आधारमा व्यवसाय चलाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भयो । अब उद्योगी व्यवसायीहरु नविनता र सिर्जनशील बन्न जरुरी छ । व्यवसायीहरूले अब प्रोफेसनलिज्म अपनाउनुपर्छ र नवप्रवर्तनमा ध्यान दिनुपर्छ ।

उपाध्यक्ष श्रेष्ठले भन्नुभयो–‘सार्वजनिक सेवा प्रवाहमा सुधार गर्नुपर्नेछ । ठूलाठूला कुरा आउने गरेका छन्, ति पूरा पनि गर्नुपर्ला तर सामान्य सार्वजनिक सेवा प्रवाह सुधार गर्न नसकिरहेको अवस्था छ । जस्तै ड्राइभिङ लाइसेन्स, पासपोर्ट, राष्ट्रिय परिचयपत्रमा हेर्ने हो भने त्यहाँ लाइन हुने गरेको छ । त्यहाँ सार्वजनिक सेवा लिन लामो लाइन बस्नुपर्ने, झन्झटिलो व्यवस्थाका कारण लामोलाइन बस्नुपर्ने अवस्था छ । सरकारको त्यहाँ ध्यान पुग्न सकेको छैन । कतिपय कानुनी उल्झनहरुका कारणले पनि सरकारले काम गर्न नसकेको देखिन्छ । जसले गर्दा सार्वजनिक सेवा प्रवाह सहज नहुँदा जनतामा असन्तोष सिर्जना भइरहेको छ । व्यवसायी र राजनीति धेरै कनेक्सन हुँदा त्यसले नकारात्मक सन्देश प्रवाह भइरहेको छ । हामीले व्यवसायमा नविनता सिर्जना गर्न सकिरहेका छैनौँ । बढी राजनीतिक लर्बिङमार्फत व्यवसाय गर्दा मानिसमा असन्तोष चुलिएको हो । व्यवसायीहरु प्रोफेसनालिजम हुन र नवप्रर्वतनमा ध्यान दिन जरुरी छ ।’

उहाँले भदौ २३ र २४ बाट पाठ सिकेर संचार क्षेत्र पनि धेरै जिम्मेवार हुन जरुरी रहेको बताउनु भयो । श्रेष्ठकाअनुसार अहिले धेरै असन्तोष आउनेमा संचारमाध्यम पनि जिम्मेवार छन् । नेपालमा केही नभएको जस्तो भाष्य संचारमध्यमले गराइरहेको श्रेष्ठको भनाइ छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

काठमाडौँ। चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...

रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन

रास्वपाको वाचापत्र समेटेर बजेट निर्माणको तयारी तिब्र, चैत मसान्तभित्र प्रश्ताव पेश गर्न निर्देशन

काठमाडौँ।  आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिव दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई...

आयात बढ्दा पनि ग्यास अभाव कायमै

आयात बढ्दा पनि ग्यास अभाव कायमै

काठमाडौँ। खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको...

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पर्सा। चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको...