३ सय ५५ ऐनसहित संघीयस्तरमा १ हजार १ सय ३० कानून निर्माण
काठमाडौँ। संघीयस्तरमा हालसम्म १ हजार १ सय ३० वटा ऐन, कानून, नियमावली तथा निर्देशिका निर्माण भएका छन् । राष्ट्रिय सभाको सोमवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार कानून मन्त्रालयको अभिलेखअनुसार ३ सय ५५ वटा ऐन, ३२५ वटा नियमावली तथा नियम, ६६ वटा गठन आदेश, १३४ वटा निर्देशिका र २५० वटा कार्यविधि निर्माण भएका छन् ।
उहाँले विधायन ऐन २०८१ को प्रभावकारी कार्यान्वयन भइरहेको पनि बताउनु भयो । उहाँले प्रत्यायोजित विधायन ऐनमा भएको व्यवस्थाअनुसार सम्बन्धित मन्त्रालय वा निकायबाट जारी हुने प्रत्यायोजित विधायन अनिवार्य रूपमा कानून मन्त्रालयमा दर्ता गर्ने व्यवस्था लागू गरिएको जानकारी दिनुभयो । हालसम्म दर्ता भएका प्रत्यायोजित विधायनमा ८ वटा नियमावली, ८ वटा विनियमावली, ४५ वटा कार्यविधि, १४ वटा निर्देशिका र १ वटा मापदण्ड रहेको मन्त्री सिन्हाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हालसम्म संघीयस्तरमा निर्माण भएका कानूनहरु कानून मन्त्रालयको अभिलेख हेर्खाखेरी ऐन ३ सय ५५, नियमवली र नियमहरु ३२५, गठन आदेशहरु ६६, निर्देशिका १३४, कार्यविधिहरु २५० वटा निर्माण गरी कुल १ हजार १ सय ३० वटा ऐन, कानून, नियमावली र निर्देशिका निर्माण भएको जानकारी गराउन चाहान्छु । १ सय २१ वटा विधेयक संघीय संसदमा पेश भएको २०८२ असार ३२ गतेको अभिलेखबाट देखिएको जानकारी गराउन चाहान्छु । विधायन ऐन २०८१ जारी भएपछि सो ऐन कार्यान्वयनको लागि यस मन्त्रालयबाट २०८१ चैत ४ गते सबै मन्त्रालयलाई परिपत्र गरी कानून कार्यान्वयनका सम्बन्धमा सबै मन्त्रालयका प्रतिनिधिहरुसँग छलफल तचथा अन्तरक्रिया समेत गरेको थियो । सोही बमोजिम सम्बन्धित मन्त्रालयले सम्पादन गर्नुपर्ने कार्यहरुका सम्बन्धमा समय समयमा यस मन्त्रालयको तर्फबाट आवश्यक समन्वय समेत गरिँदै आएको छ । विधायन ऐनमा भएको व्यवस्था बमोजिम सम्बन्धित मन्त्रालय वा निकायबाट जारी भएको प्रत्यायोजित विधायन यस मन्त्रालयमा दर्ता गरेपश्चात सबै मन्त्रालयहरुबाट उक्त व्यवस्था कार्यान्वयन भइरहेको छ । हालसम्म प्रत्यायोजित विधायन दर्ता गरिएकोमा नियमावली ८ वटा, विनिमावली ८, कार्यविधि ४५, निर्देशिका १४ र १ मापदण्डको दर्ता नम्बर समेत प्रदान गरिसकिएको छ ।’
उहाँले त्रुटी भएका ऐन तथा कानून संशोधन गर्न सरकार पर्यत्नशील रहेको समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
ओली र लेखकलाई प्रहरी परिसर भद्रकालीमा राखियो
काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको...
ओली पक्राउपछि एमालेले बोलायो सचिवालय बैठक
काठमाडौँ। पूर्वप्रधानमन्त्री आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आजका लागि सचिवालय बैठक बोलाएको छ। एमालेका सचिव...
ओली पनि नियन्त्रणमा
काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो ।...
रमेश लेखक पक्राउ
काठमाडौँ। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ पर्नुभएको छ। सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेस्थित घरबाटै...




