अफ्रिकी माइनिङ इन्डाबाको केप टाउनमा भव्य उद्घाटन
दक्षिण अफ्रिकाको केप टाउनमा ‘अफ्रिकी माइनिङ इन्डाबा २०२६’ शुरु भएको छ । जसले महादेशको खानी क्षेत्रमा साझेदारी र सहकार्यलाई प्राथमिकता दिएको छ । दक्षिण अफ्रिकी खनिज तथा पेट्रोलियम स्रोत मन्त्री ग्वेडे मन्ताशेले भूराजनीतिक तनावका बीच अफ्रिकी राष्ट्रहरूलाई आफ्ना प्राकृतिक स्रोतहरूको रक्षा गर्न सामूहिक आवाज उठाउन आह्वान गर्नुभयो । यस वर्षको सम्मेलनले अफ्रिकी महादेशको खानी क्षेत्रमा सहकार्य र साझेदारी–प्रेरित विकासलाई विशेष प्राथमिकता दिएको छ । उहाँले विकसित अर्थतन्त्रहरूले विकासशील राष्ट्रहरूको प्राकृतिक स्रोतहरूमाथि नियन्त्रण जमाउन खोज्दा उत्पन्न भएको भूराजनीतिक तनावप्रति चिन्ता व्यक्त गर्नुभयो ।
मन्ताशेकाअनुसार यो स्थिति संसाधन–सम्पन्न राष्ट्रहरू, विशेष गरी अफ्रिकी मुलुकहरूको सार्वभौमिकताका लागि गम्भीर खतरा हो । यसै सन्दर्भमा यस वर्षको नारा ‘हामी सँगै बलियो छौंः साझेदारी मार्फत प्रगति’ अत्यन्त सान्दर्भिक रहेको उहाँले उल्लेख गर्नुभयो । मन्त्री मन्ताशेले यसलाई केवल एउटा नारा मात्र नभई अफ्रिकाका लागि सामूहिक रूपमा कार्य गर्ने र विश्वव्यापी शक्ति तथा लगानीकर्ताहरूसँगको संलग्नतामा ‘विनाशकारी प्रतिष्पर्धा’ बाट बच्ने रणनीतिक आवश्यकता भएको बताउनु भयो । सम्मेलनको मुख्य उद्देश्य खानी मूल्य श्रृंखलामा सहकार्यलाई गहिरो बनाउनु, जिम्मेवार अन्वेषणलाई गति दिनु र अफ्रिकाले आफ्नै खनिज सम्पदाबाट उच्च मूल्य प्राप्त गर्ने सुनिश्चित गर्नु रहेको छ ।
केप टाउन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित यो चार दिने कार्यक्रम अफ्रिकी माइनिङ इन्डाबाको ३२ औं संस्करण हो । यसमा अफ्रिका र बाहिरका १० हजार ५ सय भन्दा बढी प्रतिनिधिहरू, १ हजार ३ सय भन्दा बढी विश्वव्यापी लगानीकर्ताहरू, १ हजार ४ सय ५० कर्पोरेट कार्यकारीहरू र करिव १ हजार ४ सय सरकारी अधिकारीहरूको सहभागिता रहेको छ । सम्मेलनमा ५ सय भन्दा बढी कम्पनीहरूको खानी प्रदर्शनीका साथै अन्तरसरकारी शिखर सम्मेलन, लगानी मञ्च, अन्तरक्रियात्मक कार्यशाला र प्रविधि तथा नवाचार केन्द्रहरू समावेश छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...




