टर्कीद्वारा आन्तरिक बजारलाई स्थिर बनाउन कुखुराको मासु निर्यातमा रोक
टर्कीको वाणिज्य मन्त्रालयले सोमबार आन्तरिक बजारमा आपूर्ति र मागको सन्तुलन कायम राख्ने उद्देश्यले कुखुराको मासु निर्यात रोक्ने घोषणा गरेको छ । मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘बजारमा आपूर्ति–मागको सन्तुलनलाई सहयोग पु¥याउन आजदेखि कुखुराको मासु निर्यात स्थगित गर्ने उपायहरू कार्यान्वयनमा ल्याइएको छ ।’
विश्वव्यापी खाद्य बजारलाई असर गर्ने हालैका क्षेत्रीय घटनाक्रमका साथै आन्तरिक मागमा भएको वृद्धि र उपभोगको ढाँचामा आएको मौसमी परिवर्तनले केही उत्पादन समूहहरूमा मूल्यमा तिब्र उतारचढाव निम्त्याएको मन्त्रालयले जनाएको छ । यस पृष्ठभूमिमा, कुखुराको मासु बजारमा मूल्य निर्धारण व्यवहार सामान्य बजार अवस्थासँग मेल खान्छ कि छैन भनेर मूल्याङ्कन गर्न मूल्यहरूलाई नजिकबाट अनुगमन भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उपभोक्ताहरूलाई हानि पु¥याउने वा अत्यधिक मूल्य वृद्धिमार्फत बजारको कार्यप्रणालीमा बाधा पु¥याउने कुनैपनि अभ्यास वा सट्टाबाजी मूल्य निर्धारण व्यवहारलाई मन्त्रालयले नजिकबाट निगरानी गरिरहेको छ। आवश्यक परेको खण्डमा निरीक्षण र कारबाही निर्णायक रूपमा गरिने विज्ञप्तिमा थपिएको छ। कुखुराको मासु क्षेत्रका केही कम्पनीहरूले आफ्नो मूल्यमा उल्लेख्य वृद्धि गरेपछि यो निर्णय आएको हो। मन्त्रालयका अधिकारीहरूले यसअघि व्यवसायी प्रतिनिधिहरूसँग भेट गरी मूल्य वृद्धि फिर्ता लिन आग्रह गरेका थिए ।
ताजा अपडेट
-
१.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
२.
गोदावरीका दुई इन्जिनियरविरुद्ध करिब दुई करोड बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर
-
३.
रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत
-
४.
प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार
-
५.
क्याप चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका कोइरालाका यस्ता छन् एजेण्डा
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
५.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
सम्बन्धित समाचार
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
सिराहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले घोषणापत्र नभई प्रतिज्ञापत्र ल्याउने...
रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत
काठमाडौं। रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान १०:४० बजे काठमाडौंबाट मन्थली-खुर्कोट...
फागुन ३ सम्ममा घोषणापत्र ल्याउन दललाई आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आउँदो फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी बुझाउन निर्देशन दिएको छ ।...
यस्तो छ नेकपाको घोषणापत्र
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनको सन्दर्भमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै मुलुकका राजनीतिक दलहरूलाई चार मुख्य वर्गमा विभाजन...




