दक्षिण कोरियामा सैन्य हेलिकप्टर दुर्घटना
दक्षिण कोरियाको ग्योन्गी प्रान्तमा सोमवार एउटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । योन्हाप समाचार एजेन्सीकाअनुसार यस दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् र उनीहरूलाई मुटुको चाल बन्द भएको अवस्थामा अस्पताल लगिएको छ ।
राजधानी सोललाई घेरेको यस प्रान्तको गप्योङ काउन्टीमा स्थानीय समय अनुसार बिहान करिव ११ बजे उक्त हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनामा परेका दुवै व्यक्तिलाई गम्भीर चोट लागेको छ । उडान प्रशिक्षणका लागि उडेको उक्त हेलिकप्टर दक्षिण कोरियाली सेनाको एएच–वानएस कोब्रा मोडेलको थियो । समाचारअनुसार यो हेलिकप्टर सेवाबाट अवकाशको प्रक्रियामा रहेको थियो ।
दुर्घटनाका क्रममा कुनै पनि विस्फोट वा आगलागी भएको छैन । अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गर्ने बताएका छन् ।
ताजा अपडेट
-
१.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
२.
गोदावरीका दुई इन्जिनियरविरुद्ध करिब दुई करोड बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर
-
३.
रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत
-
४.
प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार
-
५.
क्याप चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका कोइरालाका यस्ता छन् एजेण्डा
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
५.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
सम्बन्धित समाचार
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
सिराहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले घोषणापत्र नभई प्रतिज्ञापत्र ल्याउने...
रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत
काठमाडौं। रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान १०:४० बजे काठमाडौंबाट मन्थली-खुर्कोट...
फागुन ३ सम्ममा घोषणापत्र ल्याउन दललाई आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आउँदो फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी बुझाउन निर्देशन दिएको छ ।...
यस्तो छ नेकपाको घोषणापत्र
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनको सन्दर्भमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै मुलुकका राजनीतिक दलहरूलाई चार मुख्य वर्गमा विभाजन...




