तामाकोशी नदिमा दुर्घटना भएको यात्रुवाहक बसमा सवार थप ६ जनाको शव फेला, घाइते हुनेको संख्या ८ पुग्यो
काठमाडौं। रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदिमा दुर्घटना भएको यात्रुवाहक बसमा सवार थप ६ जनाको शव फेला परेको छ । यसअघि बिहान घटनास्थलबाट ६ जनाको शव निकालिएको थियो । मृत्यु हुनेमा ७ पुरुष र ५ महिला गरी १२ जना पुगेको छ ।
सो दुर्घटनामा परी घाईते हुनेको संख्या ८ पुगेको छ । घाईते हुनेहरुमा रामेछाप जिल्लाको मन्थली नगरपालिका–१२ बस्ने ३३ वर्षिय देवकी खड्का, सोही नगरपालिका–११ बस्ने ३१ वर्षिय सुशान्त थापा मगर, उमाकुण्ड नगरपालिका–५ बस्ने ५२ वर्षिय सोनातेन्जी शेर्पा, ६ वर्षिया निष्मा शेर्पा, लिखुतामाकोशी गाउँपालिका–४ बस्ने ७१ वर्षिय ओलक बहादुर थापा, खाँडादेवी गाउँपालिका–३ बस्ने २१ वर्षिय समिर श्रेष्ठ, दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–७ बस्ने १७ वर्षिया निलिमा तामाङ्ग र ओखलढुंङ्ग जिल्लाको खिजिदेम्वा गाउँपालिका–२ बस्ने ४५ वर्षिय जयबहादुर तामाङ्ग छन् ।
घाईते भएकाहरुमध्ये ७ जनालाई थप उपचारको लागि धुलिखेल अस्पताल काभ्रे पठाईएको छ भने चालक सुशान्त थापा मगरको तामाकोशी अस्पताल मन्थलीमा सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको छ भने मृत्यु हुनेहरुको पहिचान खुलेको छैन ।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल गुल्म रामेछाप र विपद् व्यवस्थाप बेश खुर्कोटबाट गोताखोरसहित नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको छ ।
प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मंगलबार दिउसो करीव पौने ११ बजे झण्डै २० मिटर तल तामाकोशी नदिमा खसेर दुर्घटना भएको हो । सो यात्रुवाहक बसमा कति जना सवार थिए भने अझै खुल्न सकेको छैन ।
ताजा अपडेट
-
१.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
२.
गोदावरीका दुई इन्जिनियरविरुद्ध करिब दुई करोड बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर
-
३.
रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत
-
४.
प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार
-
५.
क्याप चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका कोइरालाका यस्ता छन् एजेण्डा
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
५.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
सम्बन्धित समाचार
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
सिराहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले घोषणापत्र नभई प्रतिज्ञापत्र ल्याउने...
रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत
काठमाडौं। रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान १०:४० बजे काठमाडौंबाट मन्थली-खुर्कोट...
फागुन ३ सम्ममा घोषणापत्र ल्याउन दललाई आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आउँदो फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी बुझाउन निर्देशन दिएको छ ।...
यस्तो छ नेकपाको घोषणापत्र
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनको सन्दर्भमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै मुलुकका राजनीतिक दलहरूलाई चार मुख्य वर्गमा विभाजन...




