समाचार

कस्तो रहला आजको मौसम?

काठमाडौँ। नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुवाँलो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। देशको उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार

अग्निवीरबारे नेपालको निर्णय पर्खिरहेका छौँ, गोरखा भर्ती सुचारु हुनेमा विश्वस्त छुः भारतीय अधिकारी

अग्निवीरबारे नेपालको निर्णय पर्खिरहेका छौँ, गोरखा भर्ती सुचारु हुनेमा विश्वस्त छुः भारतीय अधिकारी

काठमाडौँ। भारतीय नौसेनाका पूर्वमहानिर्देशक सञ्जय जसजीत सिंहले भारतीय सेनामा रोकिएको गोरखा भर्ती प्रक्रिया अस्थायी भएको भएको भन्दै नेपालले निर्णय...

के उपत्यकामा जाडो घटेको हो?

के उपत्यकामा जाडो घटेको हो?

काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज/बुधबार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम...

रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत

रामेछाप बस दुर्घटना : १२ जनामध्ये ११ मृतकको सनाखत

काठमाडौं। रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान १०:४० बजे काठमाडौंबाट मन्थली-खुर्कोट...

प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार

प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार

दार्चुला। दार्चुलामा जनपद प्रहरीका हवल्दारको हत्या घटनामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन्। प्रहरी हवल्दार योगेन्द्रबहादुर घर्तीको...