Breaking News

६ महीनामा कुल बजेटमध्ये ६ अर्ब ९० अर्ब खर्च

काठमाडौँ। सरकारले चालु आर्थिक वर्षको ६ महीनामा कुल बजेटमध्ये ६ अर्ब ९० अर्ब खर्च गरेको छ । आज बजेटको अर्धवार्षिक समिक्षा गर्दै अर्थमन्त्रालयले बजेट खर्च र स्रोत परिचालनबारे जानकारी दिएको हो ।

अर्थमन्त्रालयकाअनुसार कुल बजेट र खर्च आर्थिक वर्ष २०८२/८३ का लागि कुल १९ खर्ब ६४ अर्व ११ करोड बजेट विनियोजन गरिएकोमा पुस मसान्तसम्म ६ खर्च ९० अर्ब २१ करोड ७८ लाख खर्च भएको छ ।
विनियोजित रकममध्ये चालु खर्च ४१।२५ प्रतिशत, पुँजीगत खर्च १२।१२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४०।१५ प्रतिशत खर्च भएको छ । गत वर्षसँगको तुलनामा समीक्षा अवधिको समग्र खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३।३९ प्रतिशतले वृद्धि भएको छ । पुजीगत खर्च न्युन हुनाका कारण योजनाको पूर्वतयारीको अभाव, जग्गा प्राप्ति र बन क्षेत्रको उपयोगमा जटिलता र भदौ २३ र २४ को आन्दोलनका कारण भौतिक संरचनामा भएको अतिले पुँजीगत खर्च कम हुन गएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

अर्थ मन्त्रालयकाअनुसार चालु आवमा बजेट स्थगन गरिएको छ । पूर्वतयारी नभएका र अनुत्पादक साना आयोजनाहरूमा विनियोजित १ खर्व १९ अर्ब ५३ करोड ६५ लाख बजेट मन्त्रिपरिषद्को निर्णयअनुसार स्थगन गरिएको हो । जसमध्ये खरीद प्रक्रिया शुरु भई सकेका र विषयगत मन्त्रालयबाट औचित्य पुष्टपाईसहित फुकुवाका लागि अनुरोध भएको आधारमा ४२ अर्ब २८ करोड ३४ लाख फकुवा गरिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिनुभयो ।

अर्थ मन्त्रालयकाअनुसार राजस्व परिचालनको लक्ष्यमा चालु आर्थिक वर्षमा कुल १४ खर्व ८० बर्ष राजस्व परिचालन गर्ने लक्ष्य राखिएको छ। जसमा संघीय सरकारको हिस्सा१३ खर्ब १५ अर्व रहने अनुमान छ । राजश्व संकलनतर्फ पुस मसान्तसम्मको७ खर्च ११ अर्व २० करोड ७८ लाखको नक्ष्यको तुलनामा विविध प्राप्ति समेत गरी ५ खर्व ५ अर्व ४० करोड ७२ लाख ९१।७५ प्रतिशत संकलन भएको छ ।
समीक्षा अवधिको राजश्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २।४७ प्रतिशतले बढी रहेको छ । अर्थ मन्त्रालयकाअनुसार आन्तरिक ऋण परिचालनतर्फ वार्षिक ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य रहेकोमा पुस मसान्तसम्म।१ खर्व ७७ अर्ब ६६ करोड ६९ लाख ९४९।०८ प्रतिशत० प्राप्त भएको छ ।

सार्वजनिक ऋण भुक्तानीतर्फ ऋणको साँवा–व्याज भुक्तानीका लागि विनियोजित बजेटमध्ये पुस मसान्तसम्म १ खर्व ८७ अर्व १२ करोड ६६ लाख ९४५।५३ प्रतिशत० भुक्तानी भइसकेको छ ।
वैदेशिक सहायता प्रतिवद्धतातर्फ समीक्षा अवधिमा कुप्त रु।६५ अर्व ३९ करोड बराबरको विकास सहायता प्रतिवद्धता प्राप्त भएको छ, जसमा २९।४४ प्रतिशाल अनुदान र ७०।५६ प्रतिशत ऋण आएको छ । अर्थ मन्त्रालयले पुनः प्राथमिकीकरण र मितव्ययितामा जोड दिएको बताएको छ । आन्दोलनबाट सिर्जित भौतिक संरचनाको पुनर्निर्माण र अनिवार्य दायित्वलाई प्राथमिकतामा राखी अनुत्पादक खर्च कटौती र बैठक भत्ता जस्ता खर्चमा रोक लगाउने नीति लिइएको अर्थमन्त्री खनालले जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

भूमि र राजश्व प्रशासनमा विकृति बढ्दैः आयोगमा प्राप्त उजुरीमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा स्थानीय र प्रदेश तहसँग सम्बन्धित

भूमि र राजश्व प्रशासनमा विकृति बढ्दैः आयोगमा प्राप्त उजुरीमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा स्थानीय र प्रदेश तहसँग सम्बन्धित

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको विकृतिप्रति गम्भीर चिन्ता...

भदौ २३ को आक्रोश प्रधानमन्त्री र हामी नेतृत्वसँगको असन्तुष्टि हो : गगन थापा

भदौ २३ को आक्रोश प्रधानमन्त्री र हामी नेतृत्वसँगको असन्तुष्टि हो : गगन थापा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ का घटनाहरूलाई नागरिकहरूको वर्षौंदेखिको हैरानी र असन्तुष्टिको परिणाम भएको...

पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु

पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु

पूर्वी प्रशान्त महासागरमा लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंका गरिएको एक डुङ्गामाथि अमेरिकी सेनाले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको...

प्यालेस्टिनीहरूप्रति इजरायलको नीतिको विरोधमा प्रदर्शनका बीच राष्ट्रपति हर्जोगको अष्ट्रेलिया भ्रमण

प्यालेस्टिनीहरूप्रति इजरायलको नीतिको विरोधमा प्रदर्शनका बीच राष्ट्रपति हर्जोगको अष्ट्रेलिया भ्रमण

इजरायली राष्ट्रपति आइज्याक हर्जोग सिड्नी पुग्नुभएको छ । उहाँको यो चार दिने अष्ट्रेलिया भ्रमण गत डिसेम्बरमा बोन्डी बीचमा भएको...