राजनीति

काँग्रेस सांसद परियार भन्छन्ः ‘प्रधानमन्त्रीज्यु राष्ट्रिय जिम्मेवारी महशुस गर्नुहोस्, गुन तिर्नेतिर नलाग्नुहोस्’

काठमाडौँ। नेपाली काँग्रेसका सांसद पदम परियाले प्रधानमन्त्री शुशीला कार्कीलाई राष्ट्रिय जिम्मेवारी महशुस गरेर काम गर्न आग्रह गनुभएको छ । बुधवार बसेको राष्ट्रिय सभाको वैठकमा शुन्य समयमा बोल्दै उहाँले प्रधानमन्त्रीलाई निर्वाचनको लागि निष्पक्ष र पारदर्शी वातावरण सुनिश्चित गर्न आग्रह गर्नुभयो । सरकारले गरेको पछिल्ला केही निर्णयले निर्वाचन शान्तिपूर्ण, भयरहित र धाँदलीरहित हुने कुरामा आशंका उत्पन्न भएको उहाँको भनाई छ ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्याधिवक्ताको कार्यलय र गैरआवासीय नेपाली संघको महाविधेशनको आयोजक सरकार रहेने विषमा असन्तुष्टी जनाउनु भयो । मतदाताको करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा अदालतको फैसलाअनुसार जेल सजाय भोगिरहेका एक उम्मेदवारको मुद्दा फिर्ता लिने विवादास्पद र शंकास्पद निर्णय गरेर नागरिक सरकारले दलिय पक्षधरता लिएको उहाँको आरोप छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को निर्वाचन स्वयं सरकार आयोजक बसेर निर्वाचनको मुखमा गरिनु पनि उपयुक्त नभएको उहाँको भनाइ छ । यी र यस्तै निर्णयले सरकार कुनै अमुक दल वा उम्मेदवारतर्फ क्रमशः पक्षधर बन्दै गएको त होइन भन्ने प्रश्न नागरिक तहमा उठ्न थालेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘फागुन २१ गते नै निर्वाचन गर्नेगरी सरकार र निर्वाचन आयोगले परेको प्रयास प्रशंसनीय छ । तर सरकारले गरेका पछिल्ला केही निर्णय र कामकारबाहीलाई विश्लेषण गर्दा चुनाव निष्पक्ष, भयरहित र धाँदलीरहित हुने कुरामा आशंका मान्नुपर्ने परिस्थिति सिर्जना भएको छ । मतदाताको करोडौँ सम्पती ठगी गरेको आरोपमा अदातको फैसलाअनुसार जेल बसेका उम्मेद्वारको मुद्दा फिर्ता लिने विवादास्पद निर्णय सरकारले गरेको छ । गैरआवासीय नेपाली संघको निर्वाचन सरकारले आयोजक बसेर निर्वाचनको सम्मुखमा गर्न लागिरहेको छ । यी र यस्तै निर्णयहरुले नागरिक सरकारले चुनावमा नजानिँदो पाराले अमुक दल र उम्मेद्वारतर्फ क्रमश पक्षधरता देखाउँदै गएको त होईन भन्ने प्रश्न उठेको छ ।  प्रधानमन्त्रीज्यु राष्ट्रिय जिम्मेवारी महसुस गर्नुहोस्, गुण तिर्नेतिर नलाग्नुहोस् ।’

उहाँले विवादास्पद निर्णय पुनर्विचार गर्न तथा राज्य संयन्त्रलाई तटस्थ ढंगले परिचालन गर्न सरकारसँग माग गर्नुभयो । – न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

ओली र लेखकलाई प्रहरी परिसर भद्रकालीमा राखियो

ओली र लेखकलाई प्रहरी परिसर भद्रकालीमा राखियो

काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको...

ओली पक्राउपछि एमालेले बोलायो सचिवालय बैठक

ओली पक्राउपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ। पूर्वप्रधानमन्त्री आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आजका लागि सचिवालय बैठक बोलाएको छ। एमालेका सचिव...

ओली पनि नियन्त्रणमा

ओली पनि नियन्त्रणमा

काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो ।...

रमेश लेखक पक्राउ

रमेश लेखक पक्राउ

काठमाडौँ। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ पर्नुभएको छ। सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेस्थित घरबाटै...