Breaking News

इरानसँगको सम्झौता सफल हुनसक्छ कि भनेर वार्ता गरियो : ट्रम्प

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता जारी रहने बताउनुभएको छ । ह्वाइट हाउसमा भ्रमणमा रहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको बैठकपछि उहाँले यस्तो धारणा राख्नुभएको हो । इरानसँगको वार्ता जारी राख्नुपर्ने आफ्नो अडान बाहेक अन्य कुनै निश्चित निष्कर्ष ननिस्किएको बताउनु भयो । यदि सम्झौता सम्भव भयो भने त्यो आफूहरुको प्राथमिकता हुने उहाँको भनाइ छ । यदि भएन भने नतिजा के हुन्छ भनेर हेर्नुपर्ने बताउनुभयो।

दुवै नेताहरूले गाजा र समग्र क्षेत्रमा भइरहेको प्रगतिका बारेमा पनि छलफल गर्नुभयो । ट्रम्पको दोस्रो कार्यकाल शुरु भए यता यी दुई नेताबीचको यो सातौं भेटवार्ता हो । जुन करिव तीन घण्टा चलेको थियो । भेटअघि नेतन्याहूले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग भेट गरी बोर्ड अफ पीस ९शान्ति बोर्ड० को सदस्यको रूपमा हस्ताक्षर गर्नुभयो । इजरायली संसद्मा यो पहल विवादास्पद रहेको फक्स न्युजले जनाएको छ । वासिङ्टन भ्रमणअघि नेतन्याहूले पत्रकारहरूलाई भन्नुभएको थियो, “म राष्ट्रपतिसमक्ष इरानसँगको वार्ताका सिद्धान्तहरूका बारेमा हाम्रो अवधारणा प्रस्तुत गर्नेछु, जुन इजरायलका लागि मात्र नभई मध्यपूर्वमा शान्ति र सुरक्षा चाहने सबैका लागि महत्वपूर्ण छन् ।

नेतन्याहूको कार्यालयले जनाएअनुसार प्रधानमन्त्रीले इरानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रममा सीमा तोक्न र हमास तथा हिजबुल्लाह जस्ता समूहसँगको सम्बन्ध विच्छेद गर्न चाहनुभएको छ । इरानी विदेशमन्त्री सैयद अब्बास अराक्चीले सन् २०१५ को परमाणु सम्झौताभन्दा राम्रो सम्झौता हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । तर आफ्नो क्षेप्यास्त्र कार्यक्रममा सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । वासिङ्टन र तेहरानबीच गत शुक्रवार ओमानको राजधानी मस्कटमा अप्रत्यक्ष वार्ता भएको थियो । ट्रम्पले वार्ता असफल भएमा इरान विरुद्ध सैन्य कारबाहीका लागि मध्यपूर्वमा दोस्रो विमानवाहक युद्धपोत समूह पठाउने विषयमा विचार गरिरहेको पनि बताउनुभएको छ ।

सम्बन्धित समाचार

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...

चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद

चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष...

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो

काठमाडौं। निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद...