चुनावको निष्पक्षता र विकास बजेट रोक्कामा सांसद गुरुङको आपत्ति
काठमाडौँ। राष्ट्रिय सभा सदस्य दुर्गा गुरुङले आगामी निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरणका बारेमा प्रश्न उठाउनुभएको छ । शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले निर्वाचनको मुखमा आइपुग्दा पनि चुनावी वातावरण उत्साहजनक नभएको र जनमानसमा धाँधलीको आशंका कायम रहेको बताउनुभएको हो ।
गुरुङले निर्वाचनमा सबै मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गर्न सरकारसँग माग गर्नुभएको छ । कतिपय दलहरूले निर्वाचन बहिष्कार गरिरहेको अवस्था रहेको भन्दै उनीहरूलाई पनि त्रासको वातावरण सिर्जना नगरी आफ्ना विचार लैजान आग्रह गर्नुभयो । उहाँले नेपालको भू–राजनीतिक अवस्था र राष्ट्रिय अखण्डताका बारेमा पनि चिन्ता व्यक्त गर्नुभयो । देशको पूर्वी भाग टुक्राउने हल्लाहरू चलिरहेकोप्रति सचेत रहँदै राष्ट्रिय एकतामा खलल पुग्न नदिन उहाँले सबैको ध्यान आकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘ चुनावको दिन नजिकै आइसक्यो तर चुनावको जस्तो वातावरण बन्नुपर्ने त्यस्तै बन्न सकेको छैन भन्ने टिप्पणी सुनिन्छ । चुनाव स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुन्छ कि हुँदैन भन्दै प्रश्न गरेको पनि सुनिन्छ । चुनाव शान्तिपूर्ण वातावरणमा हुन सकेन र कतिपय दलहरूले भोलि स्वीकार गर्ने अवस्था आयो भने मुलुक कता जालारु चिन्ताको विषय बनेको छ । सबैको चाहना छ यस्तो नहोस् । आम मतदाताले भयरहित वातावरणमा निर्वाचनमा सहभागी भएर स्वतन्त्रपूर्वक आफ्नो मतदानको अधिकार प्रयोग गर्न पाउन् । हाम्रो संविधान र व्यवस्था स्वस्थ भएर फर्किउन् । संसदले आफ्नो काम सुचारु गरोस् भन्ने आशा गर्दछु । सरकारले आफूलाई विशिष्ट राजनीतिक परिस्थिति उपज इमानदारपूर्वक राष्ट्र जनताको हितमा निर्वाचन सफलतापूर्वक गर्न सकोस् । म यही आशा र अपेक्षा गर्दछु । यहीँबाट चुनावी मैदानमा प्रतिष्पर्धा गर्न उत्रिएका उम्मेदवारहरूलाई लोकतान्त्रिक गणतन्त्रको पुनर्जीवित गर्न सक्नेछ भन्ने अपेक्षा गर्दछु । केही राजनीतिक दलहरूले यो व्यवस्थाप्रति नै असहमति जनाई निर्वाचनलाई बहिष्कार गरी विविध संघर्षका कार्यक्रम गरिरहेको पनि पाइएको छ । ती सबै दलहरूलाई जनतामा पनि भय र त्रासको वातावरण सिर्जना नहुने गरी आफ्नो विचार जनतामा लैजान पनि अनुरोध गर्न चाहन्छु । सम्माननीय अध्यक्षज्यु, हाम्रो देश नेपाल विश्व स्तरकै भूराजनीतिक प्रतिष्पर्धा र द्वन्द्वको चपेटामा पर्दै जान थालेको छ। व्यापक रूपले चर्चामा आउन थालेको छ । नेपालको पूर्वी भाग टुक्राउने कुराको हल्ला पनि चल्दैछ । हावा नचली पात हल्लिँदैन भन्छन् । कतै यो उखान चरितार्थ नहोस् । हाम्रो राष्ट्रिय एकतामा कुनै खलल पैदा नहोस्। म फेरि दोहो¥याएर भन्छु शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न होस् । हाम्रो प्रजातान्त्रिक व्यवस्था आफ्नो लयमा फर्कियोस् र राज्यले सुशासन सहित विकास र समृद्धिको बाटोमा आफूलाई उभ्याउने काम गरोस् ।’
उहाँले वर्तमान सरकारले पूर्ववर्ती सरकारले ल्याएका बजेट र योजनाहरू रोकेकोमा आपत्ति जनाउनु भयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...
बालेनलाई भारत-पाकिस्तानको बधाई
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । मोदीले सामाजिक सञ्जालमा बधाई दिँदै दुई देशका जनताको आपसी हितका...
महेश बस्नेतको चेतावनी : धरपकड गर्न खोजियो भने देश द्वन्द्वमा जान्छ
काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले आफ्नो पार्टीको नेतृत्वमाथि धरपकड गर्न खोजे मुलुक पुन: द्वन्द्वमा जाने चेतावनी दिनुभएको...
`बालेन शाह ५ वर्ष नै प्रधानमन्त्री´
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वालेन्द्र शाह ५ नै वर्ष प्रधानमन्त्री हुने घोषणा गर्नुभएको छ। नवनियुक्त प्रधानमन्त्री...




