राजनीति

निर्वाचनलाई भयरहित र धाँधलीरहित बनाउन राष्ट्रिय सभा सदस्य भट्टको आग्रह

काठमाडौँ। राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले आगामी निर्वाचनलाई भयरहित, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न सरकारसँग माग गर्नुभएको छ । निर्वाचनका लागि अब केवल २० दिन मात्र बाँकी रहेको समयमा उहाँले निर्वाचनको पवित्रता र सदाचार कायम राख्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सदस्य भट्टले मुलुक अहिले निर्वाचनको संघारमा रहेको र यसलाई सफलतापूर्वक सम्पन्न गर्नु सरकारको मुख्य दायित्व भएको बताउनुभयो।

उहाँले निर्वाचन प्रक्रियामा कुनैपनि प्रकारको त्रास, भय वा असुरक्षाको वातावरण सृजना हुन नहुनेमा विशेष जोड दिनुभयो । उहाँले अध्यक्षमार्फत सरकारलाई सम्बोधन गर्दै निर्वाचनलाई सदाचार नीति अनुरूप संयमताका साथ सम्पन्न गर्न सुझाव दिनुभयो । भट्टले निर्वाचनको निष्पक्षताले नै लोकतन्त्रको जग बलियो बनाउने भएकाले धाँधलीरहित प्रक्रिया सुनिश्चित गर्न राज्यका संयन्त्रहरू सक्रिय हुनुपर्ने धारणा राख्नुभयो।

उहाँले भन्नुभयो, ‘अहिलेको समसामयिक जल्दोबल्दो विषय भनेको निर्वाचनमा जान २० दिन मात्रै बाँकी छ देश। तसर्थ म अध्यक्षज्युमार्फत नेपाल सरकारलाई भन्न चाहन्छु निर्वाचन भयरहित, त्रासरहित, निष्पक्ष, धाँधलीरहित, सदाचार नीति अपनाएर संयमताका साथ सम्पन्न होस् र गराओस्। अहिलेको सरकार सफल होस् भन्न चाहन्छु ।’ सांसद भट्टले वर्तमान सरकारको सफलताको कामना गर्दै आसन्न निर्वाचनलाई ऐतिहासिक रूपमा सम्पन्न गराउने कार्यमा सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्वाचन आयोग र सुरक्षा निकायहरूलाई समेत उच्च शतर्कता र इमानदारीका साथ आफ्नो जिम्मेवारी पूरा गर्न आह्वान गर्नुभएको छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...

बालेनलाई भारत-पाकिस्तानको बधाई

बालेनलाई भारत-पाकिस्तानको बधाई

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । मोदीले सामाजिक सञ्जालमा बधाई दिँदै दुई देशका जनताको आपसी हितका...

महेश बस्नेतको चेतावनी : धरपकड गर्न खोजियो भने देश द्वन्द्वमा जान्छ

महेश बस्नेतको चेतावनी : धरपकड गर्न खोजियो भने देश द्वन्द्वमा जान्छ

काठमाडौं।  नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले आफ्नो पार्टीको नेतृत्वमाथि धरपकड गर्न खोजे मुलुक पुन: द्वन्द्वमा जाने चेतावनी दिनुभएको...

`बालेन शाह ५ वर्ष नै प्रधानमन्त्री´

`बालेन शाह ५ वर्ष नै प्रधानमन्त्री´

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वालेन्द्र शाह ५ नै वर्ष प्रधानमन्त्री हुने घोषणा गर्नुभएको छ। नवनियुक्त प्रधानमन्त्री...