राजनीति

राजनीतिक समस्याको समाधान निर्वाचनले मात्र गर्न सक्दैन: गोपीबहादुर सार्की

काठमाडौँ। राष्ट्रिय सभा सदस्य गोपीबहादुर सार्कीले आगामी निर्वाचनले मात्रै मुलुकको विद्यमान राजनीतिक समस्याहरूको पूर्ण समाधान गर्नेमा आशंका व्यक्त गर्नुभएको छ । निर्वाचनका क्रममा मतदाताहरूको मनोविज्ञान र आवश्यकतालाई नजिकबाट नियाल्दा राजनीतिक स्तरमै समस्याको निकास खोजिनुपर्ने उहाँको तर्क छ ।

निर्वाचनको सिलसिलामा विभिन्न क्षेत्रका मतदाता र विशेषगरी युवाहरूसँगको अन्तक्रियापछि सदस्य सार्कीले संविधान निर्माण र राज्यको पुनर्संरचना भए पनि व्यवहारिक कार्यान्वयनमा अझै चुनौती रहेको बताउनु भयो । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले नयाँ र पुराना दुवै पुस्ताका मतदाताहरूको मनोविज्ञान बुझ्दा अहिलेको चुनावले मात्रै सबै राजनीतिक समस्या हल नगर्ने महशुस गरेको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार राज्यको केन्द्रीकृत ढाँचा तोडिएर उत्पीडित मधेसी, मुस्लिम, कर्णाली, जनजाति, दलित र महिलाहरूले अधिकार पाए पनि कानुन निर्माणमा रहेको सुस्तताले गर्दा उनीहरूले राज्यको वास्तविक अपनत्व पूर्णरूपमा महशुस गर्न पाएका छैनन् । संविधानले जनतालाई राज्यको मालिक बन्ने ठाउँसम्म पु¥याए पनि विधि निर्माणको जटिलताले उपलब्धिहरू ओझेलमा परेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘म अहिले निर्वाचनकै क्रममा जनसमुदायहरूको, मतदाताहरूको बीचमा पनि गइराखेको छु। नयाँ युवा साथीहरूको बीचमा पनि गइराखेको छु। पुराना साथीहरूको मनोविज्ञान पनि बुझिराखेको छु। मतदाताको मनोविज्ञान पनि बुझिराखेको छु र नयाँ साथीहरूको माग, आवश्यकतालाई पनि बुझिराखेको छु । यो स्थिति हेर्दाखेरी अझै पनि मलाई के लाग्छ भने यो चुनावले पनि राजनीतिक हिसावलेसमस्याको समाधान गर्छ जस्तो मलाई लागिराखेको छैन । तर मेरो निवेदन के छ भने राजनीतिक हिसावले समस्याको समाधान हुनुपर्छ। अब देशमा जुन खालको परिस्थिति बन्यो, हामीले संविधान बनायौँ, राज्य परिवर्तन भयो, केन्द्रीयता तोडियो र जनताहरूलाई विशेष गरेर उत्पीडित मधेसी, मुस्लिम, कर्णाली, जनजाति, दलित र महिलालाई यो राज्यको मालिक बन्ने ठाउँसम्म यो एक किसिमको आन्दोलनले देशलाई त्यहाँ पु¥यायो । तर त्यसको व्यवहारिक हिसावको कार्यान्वयनका केही जटिलताहरू भनेको कानून निर्माणकै जटिलता हो, विधि निर्माणकै जटिलता हो र यो जटिलता हामीले हल गर्न सकेनौँ र अबका दिनहरूमा नयाँ चुनावपछि आउने सरकारले त्यसमा तदारुकता देखाउन आवश्यक छ, एक ।’
उहाँले अब बन्ने नयाँ सरकारले कानूनी र विधिगत जटिलताहरूलाई हल गर्न विशेष तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो ।–न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...

बालेनलाई भारत-पाकिस्तानको बधाई

बालेनलाई भारत-पाकिस्तानको बधाई

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । मोदीले सामाजिक सञ्जालमा बधाई दिँदै दुई देशका जनताको आपसी हितका...

महेश बस्नेतको चेतावनी : धरपकड गर्न खोजियो भने देश द्वन्द्वमा जान्छ

महेश बस्नेतको चेतावनी : धरपकड गर्न खोजियो भने देश द्वन्द्वमा जान्छ

काठमाडौं।  नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले आफ्नो पार्टीको नेतृत्वमाथि धरपकड गर्न खोजे मुलुक पुन: द्वन्द्वमा जाने चेतावनी दिनुभएको...

`बालेन शाह ५ वर्ष नै प्रधानमन्त्री´

`बालेन शाह ५ वर्ष नै प्रधानमन्त्री´

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वालेन्द्र शाह ५ नै वर्ष प्रधानमन्त्री हुने घोषणा गर्नुभएको छ। नवनियुक्त प्रधानमन्त्री...