समाज कल्याण परिषद्का कर्मचारी निष्कासनप्रति राष्ट्रिय सभामा आपत्ति, निर्वाचन आचारसंहिता उल्लंघनको प्रश्न
काठमाडौँ। राष्ट्रिय सभा सदस्य गोपालप्रसाद भट्टराईले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको समाज कल्याण परिषद्मा कार्यरत १६ जना करारका कर्मचारीहरूलाई पूर्वाग्रही ढंगले निष्कासन गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद भट्टराईले परिषद्मा रहेका ५९ जना करारका कर्मचारीमध्ये १६ जनालाई मात्रै छनोट गरेर हटाउनु न्यायसंगत नभएको बताउनुभएको हो ।
उहाँले यदि करारका कर्मचारीलाई बिदाइ गर्ने नै सरकारको नीति हो भने सबैलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । सांसद भट्टराईले निष्कासित कर्मचारीहरूमाथि विभिन्न आधारहीन आरोप र आक्षेप लगाएर हटाइएको दाबी गनुृभयो । उहाँले यस्तो कार्यले कर्मचारी प्रशासनमा विभेद सिर्जना गर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले महिला मन्त्रालय अन्तर्गतको समाज कल्याण परिषदमा रहेका ५९ जना करारका कर्मचारीहरू मध्ये १६ जना कर्मचारीलाई निष्कासन गरिएको भन्ने सुनिएको छ। यदि करारमा नराख्ने नै हो भने सबैलाई निष्कासन गर्नुप¥यो, होइन भने १६ जनालाई मात्रै विभिन्न खालको आरोप–आक्षेप लगाएर निष्कासन गरिएको हामीले जानकारी पाएका छौँ । यस्तो अवस्थामा अहिले चुनावको अन्तिम–अन्तिम अवस्थामा सरकारले यदि यसो गर्छ भने उसले अब निर्वाचन आयोगले दिएको अनुशासन कायम ग¥यो गरेन भन्ने कुरा समेत आउनसक्छ ।’
निर्वाचनको सँघारमा सरकारले गरेको यस किसिमको निर्णयले निर्वाचन आचारसंहिता र अनुशासनको पालना भए÷नभएकोबारे गम्भीर प्रश्न उब्जिएको भट्टराईको तर्क छ । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम
सम्बन्धित समाचार
निर्वाचन आयोगले भन्यो- ६० प्रतिशत मत खस्यो
काठमाडौं। निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद...
निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...
निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई गगनको धन्यवाद, मतदाताप्रति आभार
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ। कांग्रेसका...
सकियो मतदानको समय, लाइनमा बसेकाले मत हाल्न पाउने
काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गत मतदानको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको...




