जुन्या ओगावा जापानको मुख्य विपक्षी दल ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ को नेतामा निर्वाचित
जापानको मुख्य विपक्षी शक्ति सेन्ट्रिस्ट रिफर्म एलायन्सले जुन्या ओगावालाई आफ्नो नयाँ नेताको रूपमा चयन गरेको छ ।
हालैको आम निर्वाचनमा पार्टीले व्यहोरेको ठूलो क्षतिपछि ओगावाले पार्टी एकता र जनसमर्थन पुनर्गठन गर्ने लक्ष्य राख्नुभएको छ । जापानको मुख्य विपक्षी शक्ति, सेन्ट्रिस्ट रिफर्म एलायन्सको नयाँ नेताका रूपमा जुन्या ओगावा शुक्रवार निर्वाचित हुनुभयो । कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी अफ जापानका पूर्व महासचिव ओगावाले पार्टीका ४९ तल्लो सदनका सांसदहरूको मतदानमा साधारण बहुमत प्राप्त गर्दै जित हासिल गर्नुभएको हो । उहाँले सिडिपिजेका पूर्व कार्यवाहक नीति प्रमुख ताकेशी शिनालाई पराजित गर्नुभयो ।
नयाँ निर्वाचित नेता ओगावाको कार्यकाल आगामी वर्षको मार्च अन्त्यसम्म रहनेछ। टोकियोमा भएको नेतृत्व चयनको निर्वाचनअघि सञ्चारकर्मीहरूसँग बोल्दै ओगावाले भर्खरै गठन भएको पार्टीले हालैको आम निर्वाचनमा बेहोरेको ठूलो हारलाई सुधार्न पार्टीभित्र एकता कायम गर्ने र वाह्य समर्थन जुटाउन कडा प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गत आईतवार भएको प्रतिनिधि सभाको निर्वाचनमा सिआरएको सिट संख्या ४९ मा खुम्चिएको थियो ।
जुन दोस्रो विश्वयुद्धपछिको इतिहासमा कुनैपनि मुख्य विपक्षी दलको सबैभन्दा कमजोर उपस्थिति हो । यस हारको नैतिक जिम्मेवारी लिँदै सह–अध्यक्षहरू योशिहिको नोदा र तेत्सुओ साइतोले पदबाट राजीनामा दिएका थिए । सिआरएको गठन गत जनवरीमा सिडिपिजे र कोमेइतो पार्टीका सदस्यहरू मिलेर निर्वाचनको केही हप्ता अघि मात्र भएको थियो । जसमा सत्तारुढ गठबन्धनले दुई–तिहाइ बहुमत प्राप्त गरेको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
५.
परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




