समाचार

कस्तो रहला आजको मौसम?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ, भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी, हिमाली तथा पहाडी भूभाग र बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

म्याग्दी। म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । सात वर्षअघि सरकारले केही...

लागुऔषध ओसारपसारः उनान्सय जनाविरुद्ध पैँसट्ठी मुद्दा दर्ता

लागुऔषध ओसारपसारः उनान्सय जनाविरुद्ध पैँसट्ठी मुद्दा दर्ता

काठमाडौँ। नेपाल प्रहरीले यहाँ गत माघ महिनामा लागुऔषध कारोबारका अभियोगमा ९९आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण मुलुकका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम...

आज ग्याल्पो ल्होसार

आज ग्याल्पो ल्होसार

काठमाडौँ। शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ...