Breaking News

राप्रपा नेता एवं पूर्वमन्त्री विश्वबन्धु थापाको निधन

काठमाडौँ। पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ नेता विश्वबन्धु थापाको निधन भएको छ। राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार थापाको शनिबार साँझ ९८ वर्षको उमेरमा निधन भएको हो ।

शनिबार साँझ ह्याम्स अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। पारिवारिक स्रोतकाअनुसार करिब एक महिनाअघि उहाँलाई स्ट्रोक भएको थियो। केही सुधार भएपछि उहाँ घर फर्किनुभएको थियो। तर, केही दिनअघि पुनः स्वास्थ्यमा समस्या देखिएकापछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो।

२००७ सालदेखि नेपाली राजनीतिमा सक्रिय रहेका थापा पञ्चायतकालका प्रभावशाली नेतामध्येका एक हुनुहुन्थ्यो। उहाँले पञ्चायती व्यवस्थामा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै प्रशासन र नीतिनिर्माण तहमा भूमिका निर्वाह गर्नुभएको थियो।

२००७ सालदेखि पछिल्लो समयसम्मका राजनीतिक घटनाक्रमका साक्षी रहेको थापाको निधनले देशले एक इतिहास पुरुष गुमाएको र राप्रपाले आफ्नो अग्रज नेता गुमाएको प्रवक्ता श्रेष्ठले बताउनुभएको छ। राप्रपा निर्माणमा स्वर्गीय थापाको योगदान सदैव आदरपूर्वक स्मरणीय रहने पनि उहाँले उल्लेख गर्नुभएको छ।

थापा तत्कालीन राजा महेन्द्रले विसं २०१७ साल पुस १ मा जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालालाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि थापा मन्त्री हुनुभएको थियो ।

सम्बन्धित समाचार

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्‍यौँ : लेखराज भट्ट

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)

काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...

वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा

वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा

काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण ९रेमिट्यान्स० लाई सामूहिक लगानीमार्फत ठूला आयोजनामा...

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...