अफ्रिकामा हतियारहरू मौन राख्नु अझै पनि चुनौतीः एयूसी प्रमुख
अफ्रिकी संघ आयोगका अध्यक्ष महमुद अली युसुफले महाद्वीपका विभिन्न भागहरूमा शान्ति र सुरक्षाका खतराहरूलाई सम्बोधन गर्न अफ्रिकाको असमर्थताप्रति चिन्ता व्यक्त गर्नुभएको छ । इथियोपियाको राजधानी अदिस अबाबास्थित एयू मुख्यालयमा शनिवार र आईतवार सञ्चालन भइरहेको एयूको राज्य तथा सरकार प्रमुखहरूको ३९ औँ साधारण सत्रको उद्घाटन सत्रमा एयूसी प्रमुखले यस्तो टिप्पणी गर्नुभएको हो ।
धेरै अफ्रिकी देशहरूको राजनीतिक र संस्थागत कमजोरीलाई महाद्वीपीय चिन्ताको स्रोतको रूपमा स्वीकार गर्दै उहाँले खुला र लुकेका द्वन्द्वहरू दीर्घकालीन बनिरहेको बताउनु भयो । सुडान, पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो र सोमालिया लगायतका क्षेत्रको अवस्थालाई चित्रण गर्दै युसुफले जनताले अस्थिरताको लागि ठूलो मूल्य चुकाइरहेको बताउनु भयो । ५५ सदस्यीय महाद्वीपीय संस्थाका अध्यक्षले अन्तर्राष्ट्रिय व्यवस्थामा हालैको उथलपुथलले निश्चित रूपमा महाद्वीपको मामिलामा ठूलो प्रभाव पारिरहेको उल्लेख गर्नुभयो ।
एकपक्षीयता र संरक्षणवादको उदयसँगै बहुपक्षीयताको कडा परीक्षण भइरहेको उल्लेख गर्दै उहाँले वाह्य धक्काहरूको सामना गर्न अफ्रिकाले आफ्नो महाद्वीपीय एकतालाई सुदृढ गर्न आवश्यक रहेको बताउनु भयो ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार
गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...




