Breaking News

आईसीसी पुरुष टी २० विश्वकप २०२६ : भारतसँग पाकिस्तानलाई ६१ रनले पराजित

काठमाडौँ। आईसीसी पुरुष टी २० विश्वकप २०२६ को समूह ‘ए’ अन्तर्गतको बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानलाई ६१ रनको फराकिलो अन्तरले पराजित गरेको छ। श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा भएको यो जितसँगै भारतले प्रतियोगिताको ‘सुपर ८’ चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। भारतको लागि ओपनर इशान किशनले आक्रामक ब्याटिङ गर्दै मात्र ४० बलमा ७७ रनको उत्कृष्ट इनिङ्स खेले। उनले आफ्नो इनिङ्समा १० चौका र ३ छक्का प्रहार गरेका थिए। कप्तान सूर्यकुमार यादवले ३२ रन र तिलक वर्माले २५ रनको योगदान दिए। पाकिस्तानका लागि बलिङतर्फ साइम अयुबले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिएका थिए।

१७६ रनको लक्ष्य पछ्याएको पाकिस्तानको सुरुवात निकै खराब रह्यो। भारतीय बलरहरूको घातक बलिङसामु पाकिस्तानका ब्याटरहरू क्रिजमा टिक्न सकेनन् र पूरै टोली १७.५ ओभरमा मात्र ११४ रनमा अलआउट भयो। पाकिस्तानका लागि मध्यक्रमका ब्याटर उस्मान खानले सर्वाधिक ४४ रन/३४ बल बनाए पनि टोलीलाई हारबाट बचाउन सकेनन्। टोलीका प्रमुख ब्याटरहरू बाबर आजम/५ रन र कप्तान सलमान अली आगा ९४ रन० सस्तैमा समेटिएका थिए।

भारतलाई जित दिलाउन जसप्रित बुमराहले २ विकेट लिँदा १७ रन दिए। स्पिनतर्फ वरुण चक्रवर्ती र अक्षर पटेलले अत्यन्तै किफायती बलिङ गर्दै समान २–२ विकेट झारे। यस्तै हार्दिक पाण्ड्याले पनि २ विकेट लिए। कुलदीप यादव र तिलक वर्माले पनि १–१ विकेट लिए।

खेलमा विष्फोटक ७७ रन बनाएका भारतीय ओपनर इशान किशन ‘प्लेयर अफ द म्याच’ घोषित भए।

अब भारतले अन्तिम खेलमा नेदरल्यान्ड्ससँग खेल्नेछ। पाकिस्तानले भने अन्तिम खेलमा नामिबियासँग खेल्नेछ। खेल जितेमा पाकिस्तान सुपर ८ मा पुग्नेछ। हार भएको अवस्थामा भने अमेरिकाको सम्भावना हुनेछ।

सम्बन्धित समाचार

गाजामा इजरायली आक्रमणमा ११ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली आक्रमणमा ११ प्यालेस्टिनीको मृत्यु

गाजा पट्टीका विभिन्न स्थानमा इजरायलले गरेको हवाई आक्रमणमा आईतवार ११ जनाको ज्यान गएको छ । नागरिक रक्षा निकायकाअनुसार उत्तरी...

अमेरिकाले नियन्त्रणमा लियो हिन्द महासागरको भेनेजुएलाको तेल ट्याङ्कर

अमेरिकाले नियन्त्रणमा लियो हिन्द महासागरको भेनेजुएलाको तेल ट्याङ्कर

पेन्टागनले आईतवार जानकारी दिएअनुसार अमेरिकी सेनाले रातभरको कारबाहीमा हिन्द महासागरमा भेनेजुएलासँग सम्बन्धित अर्को तेल ट्याङ्करलाई नियन्त्रणमा लिएर त्यसमा खानतलासी...

प्रलोपाको प्रतिवद्धतापत्रः पूर्ण समानुपातिक संसद, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र ‘राइट टु रिकल’ को व्यवस्था

प्रलोपाको प्रतिवद्धतापत्रः पूर्ण समानुपातिक संसद, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र ‘राइट टु रिकल’ को व्यवस्था

काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले राज्यको शासकीय स्वरूपदेखि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने प्रश्ताव अगाडी सारेको छ ।  आगामी...

कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम...