बालुवाटारमा ओली र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र ओलीबीच आइतबार दिउँसो पुगेका हुन् ।भेटमा दुई नेताबीच रवि लामिछाने पदमुक्त भएसँगै रिक्त गृह मन्त्रालय र नयाँ मन्त्रीको खोजी, राष्ट्रपति/उपराष्ट्रपति चुनावलगायत समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पद गुमेकाे थियाे भने साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाएका थिए ।

आइतबार नागरिकता पुनः प्राप्त गरेसँगै लामिछानेलाई रास्वपाले फेरि पार्टी सभापति पदमा चयन गरिसकेको छ ।

You might also like
Comments
Loading...