राजनीति

आचारसंहिता उल्लंघन गर्नेको उमेदवारी खारेजीसम्मको कारवाही हुनसक्छ : रामप्रसाद भण्डारी

काठमाडौँ। आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले फाल्गुन ३ गते राती १२ बजेदेखि निर्वाचन प्रचार प्रसारको १५ दिने समय सीमा शुरु भएको घोषणा गरेको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीकाअनुसार राजनीतिक दल र उमेदवारहरूले फाल्गुन १८ गते राती १२ बजेसम्म मात्र जुलुस, आमसभा र प्रचार प्रसारका कार्यक्रमहरू गर्न पाउनेछन् ।

त्यसपछि ‘मौन अवधि’ शुरु हुने र यस समयमा कुनैपनि प्रकारका चुनावी गतिविधि, छलफल वा ‘कानेखुसी’ गर्न समेत निषेध गरिएको छ । राजनीतिक दलहरूले निर्वाचन खर्चका लागि अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताउनु भयो । आमसभा वा कोणसभा गर्दा मञ्च तयारीमा लागेको खर्चको विवरण उमेदवार स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ । स्वेच्छिक आर्थिक सहयोग लिँदा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिधिभित्र रहनुपर्ने आयोगको स्पष्ट निर्देशन छ ।

भण्डारीकाअनुसार नेपाल सरकार, प्रदेश सरकार र मन्त्रीहरूले निर्वाचन प्रचार प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न पाउने छैनन् । यसको कडा निगरानीका लागि केन्द्रिय र जिल्ला स्तरीय अनुगमन समितिहरू सक्रिय पारिएको उहाँले बताउनु भयो । अधिकांश दलहरूले निर्वाचनका लागि आफ्नो घोषणा पत्र वा प्रतिवद्धता पत्र आयोगमा पेश गरिसकेको बताउनु भयो । आईतवार रातीसम्मको समय सीमा तोकिएको र केही दलहरू अझै प्रक्रियामा रहेको आयोगले जानकारी दिएको बताउनुभयो। मुलुकको सुशासन र विकासका योजनाहरू समेटिएको यो दस्तावेज दलहरूको कानूनी र नैतिक दायित्व रहेको कार्यवाहक आयुक्त भण्डारीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘४ गते देखि १८ गतेसम्म यो निर्वाचन प्रचार प्रसार गर्न पाउने अवधि हो र १८ गते राती १२ बजेबाट मौन अवधि शुरु हुन्छ । १८ गते राती १२ बजेपछि कुनैपनि प्रचार प्रसार गर्न पाइँदैन । काने खुसी, साउती, मस्तिष्क मन्थन पनि गर्न पाइँदैन, त्यो विश्राम गर्ने बेला हो। र विश्राम पूर्वको अवस्था र स्थितिमा आचार संहिता परिपालना गरेर दलहरुले के काम गर्न हुने र नहुने लगायतका विषयवस्तुहरु मैले यहाँहरुलाई पस्कें । अब यहाँहरुको केही जिज्ञासा छ, त्यो जिज्ञासालाई सम्बोधन गरौं । घोषणा पत्र दलहरुले सबै दलहरुले तपाईहरुले तोकेको मितिमा सार्वजनिक गरे त भन्ने एउटा टड्कारो प्रश्न छ । यो प्रश्नको उत्तर मैले कसरी सम्बोधन गरौं, अधिकांश दलहरुले पेश गरिरहनुभएको छ । आज भरे सम्म पेश गर्ने टाइम छ, हामी अलिकति समय अगावै छौं । भरेसम्म पेश हुनसक्छ । र यो सन्दर्भमा चाहिँ के हो भनेदेखि दलहरुले कानूनी दायित्वबाट उन्मुक्ति पाउनुहुन्न भनेर निर्वाचन आयोगले समयमै दलहरुलाई आग्रह गरेको तपाईंले निर्वाचनमा प्रतिष्पर्धा गर्ने जाने प्रयोजनको लागि तपाईंको योजना के छ रु कार्यक्रम के छ रु विकास निर्माण गर्ने लगायतका विषयवस्तुहरु के के छन् रु मुलुकमा अग्रगामी निकास राख्ने सुशासन प्रवाह गर्ने लगायतका विषयवस्तुहरुलाई यहाँहरुले कसरी सम्बोधन गर्नुभएको छ रु तपाईंहरुको घोषणा पत्र मार्फत सम्बोधन कसरी गर्नुभएको छ रु ती विषयवस्तुहरु समेटिएको घोषणा पत्र पेश गर्नुस् भनेर दलहरुलाई आग्रह गरेको हो ।’

आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने अधिकार सुरक्षित गर्न कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षक र आम मतदातालाई सहयोगको अपिल गरेको छ । —न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...

बालेनलाई भारत-पाकिस्तानको बधाई

बालेनलाई भारत-पाकिस्तानको बधाई

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । मोदीले सामाजिक सञ्जालमा बधाई दिँदै दुई देशका जनताको आपसी हितका...

महेश बस्नेतको चेतावनी : धरपकड गर्न खोजियो भने देश द्वन्द्वमा जान्छ

महेश बस्नेतको चेतावनी : धरपकड गर्न खोजियो भने देश द्वन्द्वमा जान्छ

काठमाडौं।  नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले आफ्नो पार्टीको नेतृत्वमाथि धरपकड गर्न खोजे मुलुक पुन: द्वन्द्वमा जाने चेतावनी दिनुभएको...

`बालेन शाह ५ वर्ष नै प्रधानमन्त्री´

`बालेन शाह ५ वर्ष नै प्रधानमन्त्री´

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वालेन्द्र शाह ५ नै वर्ष प्रधानमन्त्री हुने घोषणा गर्नुभएको छ। नवनियुक्त प्रधानमन्त्री...