सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन

काठमाडौं ।  क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा  निवेदन परेको छ ।

लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको हो ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले भने, ‘हामीले सर्वोच्च अदालतमा निवेदन दर्ता गरिसकेका छौँ । हामीले उच्च अदालतको आदेश बदर हुनुपर्ने र आरोपितलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखेका छौँ ।’

महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग राखेको छ ।

 

You might also like
Comments
Loading...