अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्र संघका महासचिवद्वारा अफ्रिकी चुनौतीहरू समाधान गर्न आग्रह

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिकाले विश्वका केही ‘सबैभन्दा कठिन चुनौतीहरू’ दृढता, सिर्जनशीलता र लचिलोपनका साथ सामना गरिरहेको बताउनुभएको छ । इथियोपियाको राजधानी अदिस अबाबास्थित अफ्रिकी युनियन (एयू) को मुख्यालयमा आयोजित ३९ औँ शिखर सम्मेलनको अवसरमा सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै महासचिवले विकासका चुनौतीहरू समाधान गर्न अफ्रिकी राष्ट्रहरूले गरिरहेका निरन्तर प्रयासहरूको उच्च कदर गर्नुभयो।

महासचिव गुटेरेसले अफ्रिकाले शीतयुद्धपछिको सबैभन्दा ध्रुवीकृत, अनपेक्षित र अस्थिर अन्तर्राष्ट्रिय वातावरणमा वास्तविक समस्याहरू समाधान गर्न ठोस र व्यावहारिक कार्य गरिरहेको बताउनु भयो । उहाँले अफ्रिकामा विश्वका केही तिब्र गतिमा विस्तार भइरहेका अर्थतन्त्रहरू रहे पनि ऋणको भार र उच्च ब्याजदरका कारण शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना जस्ता क्षेत्रमा प्रगति हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले वर्तमान अन्तर्राष्ट्रिय वित्तीय संरचना धनी राष्ट्रहरूको हितका लागि निर्माण गरिएको र यसले विकासशील अर्थतन्त्रहरूलाई सहयोग गर्न असफल भएको बताउनुभयो।

सम्बन्धित समाचार

गाजामा इजरायली आक्रमणमा ११ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली आक्रमणमा ११ प्यालेस्टिनीको मृत्यु

गाजा पट्टीका विभिन्न स्थानमा इजरायलले गरेको हवाई आक्रमणमा आईतवार ११ जनाको ज्यान गएको छ । नागरिक रक्षा निकायकाअनुसार उत्तरी...

अमेरिकाले नियन्त्रणमा लियो हिन्द महासागरको भेनेजुएलाको तेल ट्याङ्कर

अमेरिकाले नियन्त्रणमा लियो हिन्द महासागरको भेनेजुएलाको तेल ट्याङ्कर

पेन्टागनले आईतवार जानकारी दिएअनुसार अमेरिकी सेनाले रातभरको कारबाहीमा हिन्द महासागरमा भेनेजुएलासँग सम्बन्धित अर्को तेल ट्याङ्करलाई नियन्त्रणमा लिएर त्यसमा खानतलासी...

दोहामा १४ औँ ‘हलाल कतार महोत्सव’ आयोजना

दोहामा १४ औँ ‘हलाल कतार महोत्सव’ आयोजना

कतारको राजधानी दोहामा ‘हलाल कतार महोत्सव’ को १४ औँ संस्करण फेब्रुअरी आयोजना भइरहेको छ । यस महोत्सवमा कतार लगायत...

संयुक्त राष्ट्र संघका मिसन प्रमुखद्वारा विद्रोही नियन्त्रित गोमामा युद्धविराम अनुगमनबारे एम २३ नेताहरूसँग भेटवार्ता

संयुक्त राष्ट्र संघका मिसन प्रमुखद्वारा विद्रोही नियन्त्रित गोमामा युद्धविराम अनुगमनबारे एम २३ नेताहरूसँग भेटवार्ता

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्र संघको शान्ति मिसनका कार्यवाहक प्रमुख भिवियान भान डे पेरेले गोमामा मार्च २३ मुभमेन्ट विद्रोही...