Breaking News

निर्वाचन आयोगले महिला उम्मेदवारहरुको संवेदनशीलतामाथि ख्याल गरोस्ः राष्ट्रिय सभा सदस्य चन्द

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीबाट राष्ट्रिय सभाकी सांसद रेणु चन्दले आसन्न निर्वाचनमा महिला उम्मेदवारहरुलाई विजयी बनाउने काममा जोड दिन राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित निर्वाचन प्रक्रियामा महिलाको सहभागिता प्रवन्धका लागि सम्वाद कार्यक्रममा बोल्दै उहाँले सो आवश्यता औँल्याउनुभएको हो ।

निर्वाचनमा राजनीतिक दलहरुले भाग लिने भएकाले उनीहरुले पुरुष उम्मेदवारहरुलाई जसरी नै महिला उम्मेदवारहरुलाई पनि विजयी गराउन लाग्नुपर्ने सांसद चन्दको तर्क छ । उहाँले महिला उम्मेदवारहरु उठेको निर्वाचन क्षेत्रमा समवेदनशील भएर काम गर्न निर्वाचन आयोगलाई पनि सचेत गराउनु भयो । महिला उम्मेदवारहरुमाथि सामाजिक सञ्जालमार्फत आक्रमण हुने भएकाले निर्वाचन आयोगले त्यसमा निगरानी राख्नुपर्ने सांसद चन्दले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘महिला उम्मेदवारहरुलाई जिताउने जिम्मेवारी पनि राजनीतिक पार्टीहरुको हो । उनीहरुले त्यही अनुसार काम गर्नुपर्ने हुन्छ । महिला उम्मेदवारहरु उठेका क्षेत्रलाई निर्वाचन आयोगले अलि समवेदनशील तरिकाले हेरियोस । खासगरी सोसल मिडियाबाट उनीहरुलाई कमजोर बनाउने जुन काम भइरहेको छ ।

त्यसमा निर्वाचन आयोगले समवेदनशील भएर काम गरोस् भन्ने हाम्रो आग्रह छ ।’
सांसद चन्दले राजनीतिक दलहरुले नीति निर्माणको तहमा महिलाहरुको सहभागिता गराउने कुरामा पनि विशेष ध्यान दिन आवश्यक रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...