कला

सञ्चारकर्मी संगिता शर्मा चलचित्र ‘नम्बरी सुन’मा अनुबन्धित

काठमाडौं। राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘नम्बरी सुन’मा समाजसेवी तथा पत्रकार संगिता शर्मा अनुबन्धित भएकी छन्।

माघ २० गतेबाट फ्लोरमा रहेको यो चलचित्रको मुख्य भूमिकामा गौरव पहारी, नम्रता सापकोटा रहेका छन् भने चलचित्रमा संगीता शर्मासंगै विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृति ओलीलगायत कलाकारको अभिनय पनि रहने छ ।

निर्देशक गिरीले ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको चलचित्र हो । यो चलचित्रबाट लामो समयपछि द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पनि कमब्याक गर्दै छन्। सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ।

लमजुङको भुजुङखोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिने जनाइएको छ। चलचित्रमा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ।

सम्बन्धित समाचार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...

वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना

वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना

काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...

प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?

प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...