खेलकुद

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले देसाईलाई औपचारिकरूपमा मुख्य प्रशिक्षकमा नियुक्त गर्नका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट स्वीकृति प्राप्त भएको जानकारी दिएको छ।

देसाईले केही दिनदेखि नै नेपाली टिमलाई प्रशिक्षण दिन थालेका थिए। उनी सन् २०१४ देखि नै नेपाली क्रिकेटसँग नजिक रहेका छन्।

मुख्य प्रशिक्षकका लागि आवेदन दिएका मध्ये भारतीय मोन्टी देसाई, नेपालकै पूर्वप्रशिक्षक अस्ट्रेलियाली डेभ ह्वाटमोर, श्रीलङ्काकाका धम्मिका प्रसाद, बङ्गलादेश क्रिकेट टिमका निवर्तमान प्रमुख प्रशिक्षक दक्षिण अफ्रिकाका रसेल क्रेग डोमिङ्गो र न्युजिल्यान्ड टी–२० टिमका पूर्व प्रमुख प्रशिक्षक ग्लेन पोकनलसँग क्यानले अन्तरवार्ता लिएको थियो । क्यानले अन्तिममा देसाईलाई नै नियुक्त गरेको हो ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...