भृकुटी मण्डपमा टिभिएसको एक्स्चेन्ज मेला, युनिराइड पुनः सर्वोत्कृष्ट
काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा टिभिएसको एक्स्चेन्ज मेला सम्पन्न भएको छ । चैतको २९ देखि वैशाख ३ गतेसम्म चलेको मेलामा ८ सय भन्दा बढी टिभिएस मोटरसाइकल तथा स्कुटर बिक्री भएका छन् ।
पुराना मोटरसाइकल तथा स्कुटरको सट्टामा ग्राहकले विशेष छुटमा नयाँ टिभिएस खरिद गर्ने अवसर मेलामा प्राप्त गरेका थिए ।

मेलामा टिभिएसका २० वटा डिलरले सहभागिता जनाएका थिए । मेलामा राखिएका स्टलहरु मध्ये ललितपुरको महालक्ष्मी स्थानमा रहेको युनिराइड अटो प्रालिले सबैभन्दा बढी टिभिएस बिक्री गर्न सफल भएको जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले जानकारी दिए ।
५ दिने मेलामा ८ सय भन्दा बढी टिभिएस बिक्री हुनुले २ पाँग्रे सवारी बिलासिता नभई सर्वसाधरणका लागि अति आवश्यक साधन रहेको पुष्टि भएको टिभिएसको बिक्रेता जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक रौनियारले बताए । मेलामा सहभागी भई वर्षेनी सर्बोत्कृष्ट बन्न सफल हुँदा खुसी लागेको युनिराइडका प्रवन्ध निर्देशक निर्मल सिग्देलले बताए ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




