Breaking News

शिक्षालाई प्राथमिकता दिन हिसानको माग

काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार गरिने घोषणापत्रमा शिक्षाका मुद्दालाई प्राथमिकतामा राख्न राजनीतिक दललाई अनुरोध गरेको छ ।

हिसानले सोमबार पत्रकार सम्मेलन गरी यस्तो माग राखेको हो । मुलुकको सिङ्गो शिक्षा क्षेत्रलाई नयाँ ढंगबाट अगाडि बढाउन आवश्यक रहेको बताउँदै हिसानले नीजि क्षेत्रको लगानी सुरक्षाको सुनिश्चित हुनुपर्ने बताएको छ । यसको लागि राजनीतिक दलहरु जिम्मेवार र परिपक्व भएर लाग्नुपर्ने हिसानले बताएको छ ।

पत्रकार सम्मेलनमा हिसानका अध्यक्ष युवराज शर्माले भन्नुभयो, “मुलुकको विकास र समृद्धि राजनैतिक नेतृत्वको सोंच, योजना र कार्यक्रमअनुसार हुने भएकाले सम्पूर्ण राजनैतिक दलले चुनावी घोषणापत्र एवम् प्रतिवद्धतापत्रमा देशको शिक्षालाई केन्द्रविन्दुमा राख्न जरुरी छ ।”

गुणस्तरीय, रोजगारीमुलक र जीवनपयोगी शिक्षा मुलुकमै सम्भव भएको बताउँदै अध्यक्ष शर्माले भन्नुभयो, “त्यसका लागि राजनैतिक सिराबाट नेतृत्वले घोषणापत्रमा राखेर मात्र होइन, कार्यान्वयन गर्न सरोकारवालाको साथ र सहयोग लिंदै अगाडि बढ्नुपर्ने समयको माग हो ।”

पत्रकार सम्मेलनमा हिसानले शिक्षामा लगानी वृद्धि, विद्यालय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षासम्बन्धि ऐन ल्याउने विषयलाई राजनीतिक दलले प्राथमिकतामा राख्नुपर्ने समेत बताएको छ । हिसानका महासचिव रामहरि सिलवालले निजी क्षेत्रले मुलुकको शिक्षाको एक तिहाई हिस्सा ओगटेको बताउँदै निजी शिक्षालयहरु अहिले पनि लगानीलगायत अन्य सुरक्षा हुन नसकेकोमा चिन्ता बढेको बताउनुभयो ।

ठुला लगानी, ठूला पूर्वाधार, दक्ष शैक्षिक जनशक्ति भएको अवस्थामा उच्च शिक्षालाई थप व्यवस्थित गर्दै विद्यार्थीलाई नेपालमा उच्च शिक्षाको लागि रोक्न सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालय तथा क्याम्पसहरु थप जिम्मेवार बन्नुपर्ने माग हिसानले गरेको छ ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा नजी शिक्षालयमा झण्डै डेढ अर्ब रुपियाँ बराबरको क्षति भएको पत्रकार सम्मेलनमा हिसानले जानकारी दिएको छ । मुलुकको शिक्षा क्षेत्रको गुणात्मक सुधारको लागि हिसानले विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ ।

सम्बन्धित समाचार

एमालेकी लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्ष बन्दै, कांग्रेसले उम्मेदवारी नदिने

एमालेकी लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्ष बन्दै, कांग्रेसले उम्मेदवारी नदिने

काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षमा एमालेबाट राष्ट्रियसभा सदस्य लीला भण्डारीलाई अगाडि बढाउने निर्णय भएको छ । दलहरूबीचको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने...

खोजी अभियान : चार दिनमा दुई सय २६ जना पक्राउ

खोजी अभियान : चार दिनमा दुई सय २६ जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई...

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

म्याग्दी। यहाँको मङ्गला गाउँपालिका–३ बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि स्तरोन्नति भएको छ । मङ्गला गाउँपालिका–३ र ४ नम्बर वडालाई...

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

काठमाडौँ। कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार...