बेनीघाट-आरुघाट-लार्के सडक चार दिन बन्द हुने
सुलीकोट । गोरखाको बेनीघाट–आरुघाट–लार्के सडकखण्ड अन्तर्गत धार्चे गाउँपालिका–७ मा पर्ने न्याउनी खोला पुल चार दिनका लागि बन्द हुने भएको छ । उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका पुग्ने मुख्य पुल निर्माण गर्नुपर्ने भएकाले फागुन ७ गतेदेखि १० गतेसम्म उक्त सडक खण्डमा यातायात पुर्णरुपमा बन्द हुने भएको हो।
धार्चे गाउँपालिकाले बुधबार एक सार्वजनिक सुचना जारी गर्दै न्याउली खोला झरनामा मोटरेबल पुल निर्माण कार्य अगाडी बढाउनुपर्ने भएकाले सबारी आवतजावत रोक्नु परेको गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम बस्नेतले बताउनुभयो ।
उक्त चार दिनको अवधिभर चारपाङग्रे सवारी साधन तथा हेभि सवारी साधनको आवतजावत पूर्णरूपमा बन्द गरिने छ, प्रमुख प्रशासकिय अधिकृत बस्नेतले भन्नुभयो, ‘अत्यावश्यक काममा यात्रा गर्नुपर्ने सर्वसाधरण तथा आन्तरिक तथा बाह्रय पर्यटकलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा समयमै यात्रा तालिका व्यवस्थापन गर्न उहाँले आग्रह गर्नुभयो ।’
यो सडक खण्ड उत्तरी गोरखाका स्थानिय बासिन्दाका लागि मुख्य आवागमन मार्गका रूपमा प्रयोग हुँदै आएको छ । सडक बन्द हुदाँ दैनिक उपभोग्य सामग्री ढुवानी, यात्रु आवतजावत तथा स्थानिय आर्थिक गतिविधिमा केहि असहजता आउने भएकाले गाउँपालिकाको सुचना मार्फत क्षमा समेत मागेको छ ।
निर्माण कार्यलाई सुरक्षित र प्रभावकारी रूपमा सम्पन्न गर्न अस्थायी रूपमा सडक बन्द गर्न लागिएकाले केहि समय धैर्यं गरी निर्माण कार्यलाई सहयोग गरिदिन सबैमा गाउँपालिकाले सुचनामार्फत आग्रह समेत गरेको छ ।
निर्माण कम्पनीले काम सम्पन्न भएपछि सडक पुर्ववत् रूपमा सञ्चालनमा ल्याउने गरी काम अघि बढाएको गाउँपालिकाले जनाएको छ ।
ताजा अपडेट
-
१.
निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री
-
२.
भोजपुरमा निर्वाचनमा खटिने सेना लिएर जाँदै गरेको बस दुर्घटना
-
३.
संविधान र लोकतन्त्रका लागि मधेसका ८ वटै जिल्लामा कांग्रेसलाई जिताउन निधिको अपिल
-
४.
कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यस्तो छ ‘भिजन टेन’ (पूर्णपाठ)
-
५.
ऋषि कट्टेल पक्राउ
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
-
५.
मुलुकमा पुँजीगत खर्च सहज ढंगले हुन नसक्नुमा अख्तियार पनि जिम्मेवार छः मधेस प्रदेशका मुख्यमन्त्री यादव
सम्बन्धित समाचार
सुनको भाउमा गिरावट
काठमाडौँ। सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मङ्गबारको तुलनामा आज सुन तोलामा रु एक हजार ५०० ले घटेको छ...
उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत
काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...
अण्डाको मूल्य बढ्यो
चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...
सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने
काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...




