Breaking News

खोटाङको सामुदायिक वनमा आगलागी, तीन करोड १६ लाख ३६ हजारको क्षति

खोटाङ । खोटाङको साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड १६ लाख ३६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

गाउँपालिकाको स्टोर (भण्डारण गृह) र आवास गृहको रूपमा प्रयोग हुँदै आएको सामुदायिक भवनमा आज आगलागी भएको हो ।

आगलागी भएको जानकारी पाएलगत्तै घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मात्तिमका टोली र स्थानीयवासीले करिब डेढ घण्टा लगाएर आगो निभाएको गाउँपालिकाका सूचना अधिकारी डीएम चाम्लिङले जानकारी दिनुभयो।

आगलागीका घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो।

 

 

 

सम्बन्धित समाचार

कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यस्तो छ ‘भिजन टेन’ (पूर्णपाठ)

कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यस्तो छ ‘भिजन टेन’ (पूर्णपाठ)

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। धनुषाको जनकपुरधाममा वृहत आमसभा गर्दै कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गरेको हो।...

ऋषि कट्टेल पक्राउ

ऋषि कट्टेल पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ पर्नुभएको छ। निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाडौं उपत्यका अपराध...

कांग्रेसको बैठकबाट ‘प्रतिज्ञापत्र’ पारित

कांग्रेसको बैठकबाट ‘प्रतिज्ञापत्र’ पारित

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभाको निर्वाचनका लागि ‘प्रतिज्ञापत्र’ पारित गरेको छ। बुधबार सभापति गगन थापाको सभापतित्वमा...

सुनको भाउमा गिरावट

सुनको भाउमा गिरावट

काठमाडौँ। सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मङ्गबारको तुलनामा आज सुन तोलामा रु एक हजार ५०० ले घटेको छ...