अर्थ

वाणिज्य बैंकका ऋणीले अब लघुवित्तबाट ऋण लिन नपाउने

काठमाडौं । अब वाणिज्य बैंकका ऋणीले लघुवित्त संस्थाबाट ऋण लिन नपाउने भएका छन् ।बैंकले जारी गरेको निर्देशन अनुसार राष्ट्र बैंकबाट क, ख र ग वर्गको बैंकको इजाजत प्राप्त संस्थाबाट ऋण लिएका ऋणीले अब घ वर्गको लघुवित्त संस्थाहरूबाट ऋण लिन नपाउने भएका हन् ।

बुधबार लघुवित्त संस्थाका लागि जारी गरेको राष्ट्र बैंकको एकीकृत निर्देशन, २०७८ संशोधन गर्दै सो व्यवस्था ल्याएको हो । साथै, एउटा व्यक्तिले एउटा लघुवित्तबाट मात्र कर्जा सुविधा पाउने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।

‘ बिना धितो सामुहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एउटा ऋणीलाई एउटामात्र लघुवित्त वित्तीय संस्थाले यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नु पर्नेछ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन् ।  ’

अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए / नलिएको सम्बन्धमा ऋणीले स्वघोषणा गर्नुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिए/नलिएको यकिन गर्नुपर्ने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...