‘फागुन २१ को निर्वाचनले नयाँ युगको ढोका उघार्नेछ’: प्रधानमन्त्री कार्की
काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वस्थ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताउनुभएको छ। प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री कार्कीले वि।सं। २०१५ साल फागुन ७ गतेदेखि शुरु भएको नेपालको निर्वाचन इतिहासको स्मरण गर्नुभयो ।
निर्वाचनलाई स्वस्थ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गरी मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उघार्ने प्रयत्नमा सरकारले सम्पूर्ण शक्ति लगाएको जिकिर गर्नुभयो । प्रधानमन्त्री कार्कीले तोकिएकै मितिमा भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको दाबी गर्नुभयो । उहाँले निर्वाचनबाट आउने संसद र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहितको समृद्धिका लागि सबैलाई एकजुट हुन अपील गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको निर्वाचन इतिहासमा वि।सं। २०१५ साल फागुन ७ गतेदेखि पहिलो प्रजातान्त्रिक निर्वाचन सुचारु भएको ऐतिहासिक तथ्य हामीमा छ । तसर्थ आज प्रजातन्त्र दिवस मात्र होइन निर्वाचन दिवस पनि हो । संयोगवश यस वर्ष पनि यसै फागुन महिनाको २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुन गइरहेको छ । यस निर्वाचनलाई स्वस्थ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गरी मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उघार्ने प्रयत्नमा हामीले पूरै ऊर्जा लगाएका छौं । तोकिएकै मितिमा भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको छ । यस निर्वाचनबाट आउने संसद र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास लिएको छु । अन्त्यमा यस दिवसले हामीलाई संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न प्रेरित गरोस् । हाम्रो राष्ट्र सबै नागरिकका लागि समान अवसर र सम्मानको साझा घर बनोस् । लोकतन्त्रका लागि जीवन अर्पण गर्ने महान शहीदहरूप्रति पुनः हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । बुद्धिजीवी, नागरिक समाज, जेन्जी युवा र सम्पूर्ण प्रजातन्त्र प्रेमी नागरिकप्रति सम्मान प्रकट गर्दछु । विभिन्न आन्दोलनका ती वीर योद्धाहरूले देख्नुभएको समुन्नत र न्यायपूर्ण नेपालको सपना साकार पार्नका निम्ति हातेमालो गरी हामी एकजुट हुन अपील पनि गर्दछु ।’
प्रधानमन्त्री कार्कीले बुद्धिजीवी, नागरिक समाज, जेन—जी युवा र सम्पूर्ण प्रजातन्त्र प्रेमी नागरिकप्रति सम्मान प्रकट गर्दै वीर योद्धाहरूले देख्नुभएको समुन्नत र न्यायपूर्ण नेपालको सपना साकार पार्न हातेमालो गर्न सबैमा आह्वान गर्नुभयो । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
२.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
३.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
-
४.
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
-
५.
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
ट्रेन्डिङ
सम्बन्धित समाचार
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...




