अर्थ

चितवनमा प्रथम फुटवेयर एक्स्पो, विशेष छुटमा स्वदेशी जुत्ता चप्पल खरिदको अवसर

भरतपुर । पछिल्लो समय मेला महोत्सवका लागि प्रतिष्ठित स्थल बन्न सफल चितवनमा ‘प्रथम चितवन फुटवेयर एक्स्पो’ आयोजना भएको छ । चितवन प्रदर्शनी केन्द्रमा फागुन १७ गतेबाट सुरु भएको एक्स्पो एक महिनासम्म चल्नेछ ।

चितवन उद्योग संघको आयोजनामा स्वदेशी जुत्ता चप्पलका चर्चित ब्राण्डहरुको सहभागितामा एक्स्पो आयोजना गरिएको हो । स्वदेशी ब्राण्डलाई प्रवद्र्धन गर्ने र उपभोक्तालाई सस्तो मूल्यमा जुत्ता चप्पल उपलब्ध गराउने लक्ष्यसहित एक्स्पो आयोजना गरिएको आयोजकको भनाइ छ । मेलामा उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै ५० प्रतिशतसम्म छुट उपलब्ध रहेको आयोजकको भनाइ छ ।

एक्स्पोमा बिएम डियरहिल÷बिएफ स्पोर्टस्, शिखर सुज, क्रसरोड, फस्टवाल्क, सुल्याण्ड, रन सुज, भेनस, केटिएम सुज, सिल र हाइलाइफ ब्राण्डको सहभागिता छ । स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अबलोकन गराई आफ्ना उत्पादका बारेमा जानकारी गराउनु तथा स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्न प्रदर्शनी मेलाको माध्यमबाट ब्यापक प्रचार प्रसारगरी बाह्य बजार समेत बिस्तार गर्ने रणनीतिक पहल गर्नु मेलाको उद्देश्य रहेको आयोजकको भनाइ छ ।

इसैबीच पत्रकार सम्मेलन गरी आयोजकले मेलाको उद्देश्यबारे जानकारी गराएका छन् । चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपानेको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि एवं नेपाल फुटवेयर एशोसिएसनका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी उत्पादनलाई राज्य र आम उपभोक्ताले प्राथमिकता दिनुपर्ने बताए । ‘स्वदेशी ब्राण्डले विदेशी ब्राण्डसँग प्रतिस्पर्धा गर्न सक्नेछन् भन्ने उदाहरण हामीले प्रस्तुत गरिसकेका छौं,’ उनले भने । चिवतनमा आयोजिक एक्स्पोबाट चितवन तथा आसपासका उपभोक्ता लाभान्वित हुनेमा आफू विश्वस्त रहेको घिमिरेले बताए ।

मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । एक हजार भन्दा बढी मोडलका जुत्ता चप्पल ग्राहकले आवश्यकता अनुसार खरिद गर्ने अवसर एक्स्पोमा मिल्नेछ । ‘स्वदेशी उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान’ नाराका साथ एक्स्पो आयोजना गरिएको हो ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...