‘प्रथम चितवन फुटवेयर एक्स्पो’ जारी

भरतपुर । चितवनस्थित नेपाल टेलिकमको अगाडि रहेको प्रदर्शनी केन्द्रमा ‘प्रथम चितवन फुटवेयर एक्स्पो’ जारी छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा भएको एक्स्पोमा अवलोकनकर्ताको आकर्षण देखिएको आयोजकको भनाइ छ ।

एक्स्पोमा बिएम डियरहिल/बिएफ स्पोर्टस्, शिखर सुज, क्रसरोड, फस्टवाल्क, सुल्याण्ड, रन सुज, भेनस, केटिएम सुज, सिल र हाइलाइफ ब्राण्डको सहभागिता छ । स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अबलोकन गराई आफ्ना उत्पादका बारेमा जानकारी गराउनु तथा स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्न एक्स्पो आयोजना गरिएको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।

स्वदेशी जुत्ता चप्पलका चर्चित ब्राण्डहरुको सहभागितामा एक्स्पो आयोजना गरिएको हो । स्वदेशी ब्राण्डलाई प्रवद्र्धन गर्ने र उपभोक्तालाई सस्तो मूल्यमा जुत्ता चप्पल उपलब्ध गराउने लक्ष्यसहित एक्स्पो आयोजना गरिएको आयोजकको भनाइ छ । मेलामा उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै ५० प्रतिशतसम्म छुट उपलब्ध रहेको आयोजकको भनाइ छ ।

स्कुल सुज, कलेज सुज, स्पोर्टस सुज, पार्टी सुज लगायत ग्राहकको आवश्यकता अनुसारका सम्पूर्ण प्रकारका जुत्ता चप्पल मेलामा उपलब्ध रहेको आयोजक सुरज बन्जाडेले बताए । ‘मेलामा चितवन आसपासका क्षेत्रका सर्वसाधरणको आकर्षण देखिएको छ । आगामी दिनमा अवलोकनकर्ता तथा ग्राहकको आकर्षण अझै बढ्नेमा हामी विश्वस्त छौं ।’ सस्तो मूल्यमा राम्रो जुत्ता चप्पल खरिदको अवसर मिल्ने भएकाले चितवनबासी एक्स्पोबाट प्रत्यक्ष लाभान्वित हुने आयोजकको विश्वास छ ।

You might also like
Comments
Loading...