Breaking News

पार्टीको झन्डा जलाउनेप्रति शंकर पोखरेल आक्रोशित

काठमाडौं। नेकपा (एमाले)को झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यलाई महासचिव शंकर पोखरेलले ‘अपराध’को संज्ञा दिनुभएको छ।

पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘अराजकता र उदण्डता कुनै नयापन होइनन्, ती अपराध हुन् । झण्डा जलाएर अरुको आस्थामा चोट पुर्‍याउनेहरू सम्मानका हकदार हुन सक्दैनन् । यस्ता तत्त्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्ने छन् ।’

शुक्रबार आयोजना हुने चुनावीसभाका लागि आउँदै गरेका पार्टी सभापति रवि लामिछानेको पर्खाइमा रहेका रास्वपाका कार्यकर्ताले बिहीबार साँझ एमालेको चुनाव चिह्न (सूर्य) जलाएका थिए ।

उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै झण्डा जलाएका हुन् । झण्डा जलाइरहँदा उनीहरूले ‘केपी चोर देश छोड’को नारा लगाएका थिए ।

सम्बन्धित समाचार

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...