Breaking News

पशुपतिनाथ मन्दिर परिसरमा युवकको हत्या

काठमाडौँ। पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या गरेको अभियोगमा एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। यही फागुन ६ गते राति पशुपति–१५ शिवालय मन्दिरको उत्तरतर्फबाट दोस्रो मन्दिरभित्र संखुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी मृतावस्थामा भेटिएका थिए।

उनको हत्या अभियोगमा दोलखा वैँतेश्वर गाउँपालिका–२ घर भई हाल भक्तपुर थिमी बस्ने २३ वर्षीय आशीर्वादनाथ योगी भन्ने सरोज तामाङ तथा भारत उत्तर प्रदेश मथुरा घर भई हाल काठमाडौँ पशुपति बस्ने ४८ वर्षीय नीरज नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो।

घटनाको थप अनुसन्धानका क्रममा मृतक सन्तोष गिरीलाई नीरजनाथसमेतको बाबा समूहसँग वादविवाद हुँदा चिम्टालगायतका वस्तुले प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। मृतक सन्तोष गिरीको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

विध्वंशबाट शिक्षा नलिई चुनाव हुँदा मुलुकको अवसर गुम्दैछ– घनश्याम भुसाल

विध्वंशबाट शिक्षा नलिई चुनाव हुँदा मुलुकको अवसर गुम्दैछ– घनश्याम भुसाल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ ।यो निर्वाचन नेपाली जनताले चाहेको...

प्रधानमन्त्री कार्कीको निर्देशनः निर्वाचनमा झडप र बहिष्कार कर्ताको एक्सटर्सन प्रवृत्तिप्रति शतर्कता अपनाउनूस्

प्रधानमन्त्री कार्कीको निर्देशनः निर्वाचनमा झडप र बहिष्कार कर्ताको एक्सटर्सन प्रवृत्तिप्रति शतर्कता अपनाउनूस्

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले एक...

रास्वपा छोडेका नेताहरु भन्छन्–‘निर्वाचनमा चटकदारलाई होइन, देश बुझेको व्यक्तिलाई मत दिनुहोस्’

रास्वपा छोडेका नेताहरु भन्छन्–‘निर्वाचनमा चटकदारलाई होइन, देश बुझेको व्यक्तिलाई मत दिनुहोस्’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरुले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्स्य निर्वाचनमा विचार गरेर मात्रै...

दुई समुदायबीचको झडपले उग्र रूप लिएपछि गौरमा कर्फ्यु

दुई समुदायबीचको झडपले उग्र रूप लिएपछि गौरमा कर्फ्यु

रौतहट। रौतहटको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच सुरु भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशसान कार्यालयले अनिश्चितकालीन...