Breaking News

इजरायली हवाई हमलामा पूर्वी लेबनानको बेकाँ उपत्यकामा हिजबुल्लाह कमाण्डर हुसैन याघी मारिए

लेबनानको पूर्वी भाग बेकाँ उपत्यकामा शुक्रवार इजरायली हवाई हमलामा १० जना मारिएका छन् । अन्य २४ देखि ३५ जना घाइते भएका छन् । मारिएकामध्ये हिजबुल्लाहका वरिष्ठ कमाण्डर हुसैन मोहम्मद याघी/हुसैन याघी पनि परेका छन् । लेबनानका आधिकारिक तथा सुरक्षा स्रोतहरूले यो पुष्टि गरेका छन् । हुसैन याघी पूर्व हिजबुल्लाह सांसद मोहम्मद याघी ९जसलाई अबु सलीम पनि भनिन्छ० का छोरा हुन् र हिजबुल्लाहका संस्थापक सदस्यमध्ये एकका रूपमा चिनिन्छन् ।

हिजबुल्लाहले उनको शहादत घोषणा गर्दै लेबनान र यसका जनताको रक्षामा शहीद भएको भनेको छ । उनको अन्त्येष्टि शविबार हुने बताइएको छ । केही रिपोर्टहरूमा अन्य दुई हिजबुल्लाह कमान्डरहरू अली जायद अल–मुसावी र मोहम्मद इब्राहिम अल–मुसावी पनि मारिएको उल्लेख छ । लेबनानी सुरक्षा स्रोतकाअनुसार इजरायली विमानहरूले आवासीय क्षेत्र र हिजबुल्लाहका स्थलहरूमा कम्तीमा छवटा हमला गरेका थिए । घाइतेहरूलाई क्षेत्रीय अस्पतालहरूमा पु¥याइएको छ भने भग्नावशेषमुनि फसेकाहरूको खोजी कार्य जारी छ । बालबेक शहरमा केन्द्रित यी हमलाहरूमा बालबालिकासमेत घाइते भएको बताइएको छ ।

इजरायल डिफेन्स फोर्सेस/आईडीएफले जारी गरेको विज्ञप्तिमा भने बालबेकमा हिजबुल्लाहका कमान्ड सेन्टरहरूलाई निशाना बनाइएको दाबी गरेको छ । आईडीएफकाअनुसार यी सेन्टरहरूबाट हिजबुल्लाह लडाकुहरूले आईडीएफ सेना र इजरायलविरुद्ध आतंककारी हमला गर्न प्रयोग गर्दै आएका थिए । हिजबुल्लाहबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

गाजा युद्ध शुरु भएपछि/अक्टोबर २०२३ देखि हिजबुल्लाह र इजरायलबीच सीमा क्षेत्रमा द्वन्द्व चलिरहेको थियो । दुवै पक्षबीच नोभेम्बर २७, २०२४ मा युद्धविराम सम्झौता लागू भएको छ । तर इजरायलले समय–समयमा लेबनानमा हमला जारी राखेको छ र यसलाई हिजबुल्लाहको खतरा हटाउने उद्देश्यले गरिएको बताउँदै आएको छ । यो घटना युद्धविरामपछि पूर्वी लेबनानमा भएको सबैभन्दा घातक हमलाहरूमध्ये एक हो ।

सम्बन्धित समाचार

रास्वपा छोडेका नेताहरु भन्छन्–‘निर्वाचनमा चटकदारलाई होइन, देश बुझेको व्यक्तिलाई मत दिनुहोस्’

रास्वपा छोडेका नेताहरु भन्छन्–‘निर्वाचनमा चटकदारलाई होइन, देश बुझेको व्यक्तिलाई मत दिनुहोस्’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरुले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्स्य निर्वाचनमा विचार गरेर मात्रै...

दुई समुदायबीचको झडपले उग्र रूप लिएपछि गौरमा कर्फ्यु

दुई समुदायबीचको झडपले उग्र रूप लिएपछि गौरमा कर्फ्यु

रौतहट। रौतहटको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच सुरु भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशसान कार्यालयले अनिश्चितकालीन...

काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, चार जना घाइते

काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, चार जना घाइते

काठमाडौँ। मकवानपुरमा गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्। शनिबार बिहान ६ बजे इन्द्रसरोवर गाउँपालिका २ सुकौरा बेसीस्थित...

ट्रम्पद्वारा सबै देशहरूमा १० प्रतिशत ट्यारिफ लगाउने कार्यकारी आदेशमा हस्ताक्षर

ट्रम्पद्वारा सबै देशहरूमा १० प्रतिशत ट्यारिफ लगाउने कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै देशहरूबाट आयात हुने सामानमा १० प्रतिशत ट्यारिफ लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।...