काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, चार जना घाइते
काठमाडौँ। मकवानपुरमा गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्। शनिबार बिहान ६ बजे इन्द्रसरोवर गाउँपालिका २ सुकौरा बेसीस्थित कुलेखानी-काठमाडौं सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
वीरगंजबाट काठमाडौं तर्फ आउँदै गरेको ना ४ च ९७७७ नं।को गाडीका चालक निदाउँदा दुर्घटना भएको कार्यालयले जनाएको छ। गाडी सडकबाट ३० मिटर तल खसेको थियो।
दुर्घटनामा कलैया उपमहानगर २ का ३८ वर्षीय चालक विजय यादव, गाडीका धनी ५० वर्षीय सन्तोषकुमार गुप्ता, उनकी ४० वर्षीया श्रीमती शोभा गुप्ता र १६ वर्षीय अनमोल गुप्ता घाइते छन्। शोभाको टाउकोमा चोट लागेको हुँदा गम्भीर रहेको प्रहरीले जनाएको छ। अरू तीन जनाको अवस्था मध्यम छ।
उनीहरूको उपचारका लागि काठमाडौंतर्फ पठाइएको छ।
ताजा अपडेट
-
१.
सुख्खा मौसम शुरु भएसँगै आगलागीका घटना बढ्दै
-
२.
विध्वंशबाट शिक्षा नलिई चुनाव हुँदा मुलुकको अवसर गुम्दैछ– घनश्याम भुसाल
-
३.
प्रधानमन्त्री कार्कीको निर्देशनः निर्वाचनमा झडप र बहिष्कार कर्ताको एक्सटर्सन प्रवृत्तिप्रति शतर्कता अपनाउनूस्
-
४.
रास्वपा छोडेका नेताहरु भन्छन्–‘निर्वाचनमा चटकदारलाई होइन, देश बुझेको व्यक्तिलाई मत दिनुहोस्’
-
५.
दुई समुदायबीचको झडपले उग्र रूप लिएपछि गौरमा कर्फ्यु
ट्रेन्डिङ
सम्बन्धित समाचार
विध्वंशबाट शिक्षा नलिई चुनाव हुँदा मुलुकको अवसर गुम्दैछ– घनश्याम भुसाल
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ ।यो निर्वाचन नेपाली जनताले चाहेको...
प्रधानमन्त्री कार्कीको निर्देशनः निर्वाचनमा झडप र बहिष्कार कर्ताको एक्सटर्सन प्रवृत्तिप्रति शतर्कता अपनाउनूस्
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले एक...
रास्वपा छोडेका नेताहरु भन्छन्–‘निर्वाचनमा चटकदारलाई होइन, देश बुझेको व्यक्तिलाई मत दिनुहोस्’
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरुले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्स्य निर्वाचनमा विचार गरेर मात्रै...
दुई समुदायबीचको झडपले उग्र रूप लिएपछि गौरमा कर्फ्यु
रौतहट। रौतहटको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच सुरु भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशसान कार्यालयले अनिश्चितकालीन...