Breaking News

दुई समुदायबीचको झडपले उग्र रूप लिएपछि गौरमा कर्फ्यु

रौतहट। रौतहटको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच सुरु भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशसान कार्यालयले अनिश्चितकालीन कर्फ्यु लगाएको छ । झडप सुरु भएको आज तीन दिन बितिसक्दा पनि नियन्त्रणमा आउन नसकेपछि कर्फ्यु लगाइएको हो।

प्रहरीका अनुसार एक विवाह समारोहमा बजाइएको बाजागाजालाई लिएर विवाद चर्किएको थियो । गत ७ गते राति हिन्दु समुदायको विवाहमा बाजा बजाइएको विषयलाई लिएर मुस्लिम समुदायले आपत्ति जनाएपछि भनाभन सुरु भएको बताइएको छ ।

मस्जिदमा रात्री प्रार्थना चलिरहेको समयमा बाजा बजाइएको भन्दै विवाद बढ्दै जाँदा केही व्यक्तिमाथि कुटपिटसमेत भएको थियो। घटनापछि शुक्रबार बिहान दुवै पक्षबीच पुनः ढुंगामुढा भएको र त्यसपछि अवस्था थप तनावपूर्ण बनेको प्रशासनले जनाएको छ। स्थानीय प्रशासनका अनुसार झडप क्रमशः अन्य स्थानमा समेत फैलिँदै गएको छ।

अहिले सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

मोहम्मद अरबी खाँको हत्यारा दुई वर्षपछि पक्राउ

मोहम्मद अरबी खाँको हत्यारा दुई वर्षपछि पक्राउ

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२१, बिर्ताका २२ वर्षीय इन्तेजार भन्ने मोहम्मद अरबी खाँको हत्या भएको दुई वर्षपछि उहाँको हत्यामा संलग्न...

एमालेको झन्डा जलाउने निर्वाचन प्रहरी पक्राउ

एमालेको झन्डा जलाउने निर्वाचन प्रहरी पक्राउ

राजविराज । सप्तरीको महादेवा गाउँपालिका–५, भगवतपुरमा नेकपा (एमाले)को झन्डा र प्रतिनिधिसभा सदस्य पदका उमेदवार मोहम्मद जियाउल रहमानको तस्बिर जलाएको...

स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण

स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण

काठमाडौं। नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण भएका भएका छन्। परिषद्ले फागुन ५ गतेखि...

विध्वंशबाट शिक्षा नलिई चुनाव हुँदा मुलुकको अवसर गुम्दैछ– घनश्याम भुसाल

विध्वंशबाट शिक्षा नलिई चुनाव हुँदा मुलुकको अवसर गुम्दैछ– घनश्याम भुसाल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ ।यो निर्वाचन नेपाली जनताले चाहेको...