Breaking News

रास्वपा छोडेका नेताहरु भन्छन्–‘निर्वाचनमा चटकदारलाई होइन, देश बुझेको व्यक्तिलाई मत दिनुहोस्’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरुले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्स्य निर्वाचनमा विचार गरेर मात्रै मतदान गर्न आग्रह गर्नुभएको छ । शनिवार काठमाडौमा पत्रकार सम्मेलन गरी उहाँहरुले चटकदार अनुहारलाई भन्दा देश र समाज बुझेका जिम्मेवार राजनीतिक व्यक्तित्व र दल रोज्न मतदाताहरुलाई आग्रह गर्नुभएको हो । उहाँहरुले देश हाल सबैभन्दा गम्भिर अवस्थामा पुगेकोले सामाजिक सञ्जालको भ्रमभन्दा बाहिर निस्केर सोच विचार गर्न पनि अपिल गर्नुभएको छ ।

अध्ययन–विश्लेषण गरेर मात्रै मतदान गर्न र स्थायी सरकार निर्माणका लागि विवेकपूर्ण निर्णय लिन उहाँहरुले आह्वान गर्नुभयो । वागमती प्रदेशका उपसभापति रहेर हालै रास्वपा परित्याग गर्नुभएका दिनेश हुमागाईंले मतदातालाई भावनात्मक प्रचारभन्दा नीतिगत स्पष्टता र देशवोधका आधारमा मत दिन आग्रह गर्नुभयो । उहाँले चुपचाप नभइ धेरै अध्ययन गरेर मत हाल्न आग्रह गर्नुभयो । उहाँले देशले निकास पाउने र स्थायी सरकार बन्नेगरी मत दिनुपर्नेमा जोड दिनुभयो । उहाँले रास्वपा आफ्नो सिद्धान्तबाट विचलन भएको आरोप लगाउनु भयो । समयमा पार्टीले अधिवेशन गर्न नसकेको, निर्वाचनमा उम्मेद्वार चयन प्रक्रिया सही नभएको, नेतृत्वमा जवाफदेहीता नभएको कारण आफूले पार्टी छाडेको उहाँको भनाई छ । उहाँले नयाँको नाममा नेपाली जनता र जेन–जी आन्दोदनमाथी नै धोकाधडी हुन लागेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘फागुन २१ गतेका निर्वाचनमा चटकदारहरुलाई मत हाल्ने होइन, राजनीतिक व्यक्तिलाई, देश बुझेको व्यक्तिलाई र समाज बुझेको व्यक्ति र पार्टीलाई तपाईहरुले चुन्नुहोस् । चुपचाप फलानो छाप भनिएको छ, चुपचाप होइन, धेरै अध्ययन गरेर मत हाल्नुस् । दुईचार दिन सोचेपनि हुन्छ । तर देशले निकास पाउनुपर्छ, स्थायी सरकार हुनुपर्छ ।’
रास्वपाबाट अलग भएका प्रणय शमशेर राणाले पार्टी नेतृत्वमाथि संगठनात्मक पारदर्शिता र आन्तरिक लोकतन्त्र कमजोर बनाएको आरोप लगाउनु भयो । उहाँले थितिको थालनी र वेथितिको अन्त्य भन्ने नाराका साथ स्थापना भएको पार्टी हाल उल्टो बाटोतिर हिँडेको दाबी गर्नुभयो । उहाँले उम्मेद्वारी चयन प्रक्रिया संगठनको आधारमा प्राइमरी निर्वाचनबाट हुने भनिएपनि त्यसो हुन नसकेको बताउनु भयो । पार्टी सदस्यहरूलाई स्क्याम गरिएको दाबी गर्दै उहाँले आन्तरिक लोकतन्त्रमा विश्वासघात भएको आरोप लगाउनु भयो । यस विषयमा आफूले पटक पटक आवाज उठाएपनि सुनुवाई हुन नसकेकोले पार्टी छाड्न बाध्य भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘थितिको थालनी वेथितको अन्त्य भनेको साढे तीन वर्षमा ठ्याक्कै उल्टो भयो । थितिको अन्त्य र चरम वेथितिको थालनी रास्वपामा देखिएको छ । पार्टी नेतृत्वले जहिले पनि आफू अनुकुलको संगठन बनाउन थाल्यो । हामी सम्पुर्ण पार्टी सदस्यलाई स्क्याम गरियो, पार्टी सदस्यलाई मेहनत गर, सोही संगठनको आधारमा प्राईमरी ईलेक्सन हुन्छ भनियो तर चुनावको मुखमा आएर आफ्नो नेतृत्व छान्ने त्यो अधिकार संगठनबाट लुटियो । सम्पुर्ण पार्टी स्क्याममा परेको छ ।’

रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति समेत रहिसक्नुभएको ममता शर्माले पार्टीभित्र अपारदर्शिता बढ्दै गएको बताउनु भयो । बाहिर पारदर्शिताको कुरा गरिएपनि काम उल्टो देखिएको कारण दैनिक रूपमा पार्टी छाड्नेहरुको संख्या बढिरहेको उहाँको भनाई छ । उहाँले जान्नेलाई छान्ने पार्टीको नारा ठिक उल्टो भएपछि आफूले पार्टी छाडेको जानकारी दिनुभयो । उहाँले जनतालाई झुक्याउने काम मात्रै रास्वपाले गरिरहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीले पारदर्शीताको कुरा गर्ने गरेको थियो, तर यहाँभित्र त अपारदर्शीता नै यति धेरै देखियो, त्यसले रास्वपामा लागेका सबै योद्धा साथीहरु प्रतिदिन एक एक गर्दै पार्टी छाड्दै हुनुहुन्छ ।’
रास्वपा त्यागेका नेताहरू प्रणय र ममता नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ भने दिनेश हुमागाईं हालसम्म कुनै पार्टीमा प्रवेश गर्नुभएको छैन । उहाँहरुले मतदातालाई भावनात्मक लहर र आकर्षक नारा भन्दा दीर्घकालीन स्थायित्व, नीतिगत स्पष्टता र आन्तरिक लोकतन्त्रलाई आधार मानेर निर्णय लिन आग्रह गर्नुभएको छ । – न्युज एजेन्सी

सम्बन्धित समाचार

मोहम्मद अरबी खाँको हत्यारा दुई वर्षपछि पक्राउ

मोहम्मद अरबी खाँको हत्यारा दुई वर्षपछि पक्राउ

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२१, बिर्ताका २२ वर्षीय इन्तेजार भन्ने मोहम्मद अरबी खाँको हत्या भएको दुई वर्षपछि उहाँको हत्यामा संलग्न...

एमालेको झन्डा जलाउने निर्वाचन प्रहरी पक्राउ

एमालेको झन्डा जलाउने निर्वाचन प्रहरी पक्राउ

राजविराज । सप्तरीको महादेवा गाउँपालिका–५, भगवतपुरमा नेकपा (एमाले)को झन्डा र प्रतिनिधिसभा सदस्य पदका उमेदवार मोहम्मद जियाउल रहमानको तस्बिर जलाएको...

स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण

स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण

काठमाडौं। नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण भएका भएका छन्। परिषद्ले फागुन ५ गतेखि...

विध्वंशबाट शिक्षा नलिई चुनाव हुँदा मुलुकको अवसर गुम्दैछ– घनश्याम भुसाल

विध्वंशबाट शिक्षा नलिई चुनाव हुँदा मुलुकको अवसर गुम्दैछ– घनश्याम भुसाल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ ।यो निर्वाचन नेपाली जनताले चाहेको...