प्रधानमन्त्री कार्कीको निर्देशनः निर्वाचनमा झडप र बहिष्कार कर्ताको एक्सटर्सन प्रवृत्तिप्रति शतर्कता अपनाउनूस्
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले एक हप्ताभित्र फागु पूर्णिमा/होली पर्व आउँदै गरेको र हिमाली क्षेत्र खासगरी रुकुम पूर्वमा सम्भावित हिमपात जस्ता प्राकृतिक समस्याहरू देखा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।
उहाँले विभिन्न जिल्लाहरूमा स्थानीय समस्या रहेको उल्लेख गर्दै तराई क्षेत्रमा केही राजनीतिक दलहरू बढी सक्रिय रहेको र तिनीहरूबीचको प्रतिष्पर्धा झडपको रूपमा बदलिन सक्ने आशंका व्यक्त गर्नुभयो । पार्टीहरूबीच झण्डा जलाउने जस्ता घटना पनि रिपोर्ट भएका र जसले निर्वाचनको समयमा तनाव बढाउनसक्ने बताउनु भयो । यस्ता सम्भावित घटनाबाट बच्न पूर्वतयारी आवश्यक रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ ।
निर्वाचन बहिष्कार गर्ने समूहहरूबारे बोल्दै उहाँले यस्ता बहिष्कारकर्ताहरूको प्रभावकारीता कमजोर देखिएको बताउनु भयो । उहाँकाअनुसार कतिपयले निर्वाचन बहिष्कारको नाममा पार्टीको अस्तित्व देखाउने र एक्सटर्सन ९चन्दा/पैसा असुली० गर्ने प्रवृत्ति अपनाएका छन् । कसैले व्यापार वा उद्योग गरेको देखाएर पार्टी चलाउने गरेको पनि उल्लेख गर्नुभयो । यद्यपि, यस्ता गतिविधिप्रति तर्क रहनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘फागु पूर्णिमाको दिन समस्या, त्यो पनि एउटा पर्वको समस्या । अनि हिमाली क्षेत्रमा रुकुम पूर्वमा सम्भावित हिमपात यति एउटा महत्वपूर्ण समस्याहरु हुन् । यहाँको भनेर अघि प्रत्यनापतिज्यूले उल्लेख गर्नुभएको छ । त्यसपछि यहाँहरुका पनि आफ्नो ठाउँ ठाउँको जिल्ला जिल्लाको समस्याहरु पनि यहाँ देखियो । यो झडपमा पहाडतिर त देखिएन यो तराई तराई तिर अब हुन्छ नी, दुई तीन वटा पार्टीहरु अलि बढी सक्रिय र उनीहरु प्रभावकारी छन् । त्यो पार्टी बीचमा कसले जित्ने कसले हार्ने त्यो बीचमा केहि केही खेल गर्न खोज्नु र त्यसै झडपको रुपमा परिणत हुनु त्यो त हामीले अब एउटा आशंका गर्ने ठाउँ भयो । नहुन पनि सक्छ हुन पनि सक्छ तर यो कुरालाई तयारी त हुनुप¥यो नी । अब हिजो अस्ती एउटाको पार्टीको अर्कोले झण्डा जलायो भन्ने यस्ता कुरा पनि आएको छ । यस्तो किसिमको आउन सक्छ । तयारी हुनुपर्ने हो। अब निर्वाचन बहिष्कार गर्ने यो निर्वाचन बहिष्कार गर्नेहरुको मलाई कस्तो लाग्यो भने मैले यसरी भन्न मिल्छ की मिल्दैन, मैले अध्ययन गरेअनुसार यसो अहिलेसम्म हेरेअनुसार यो के रहेछ भने देखिन प्रभावकारी छैनन् पार्टीको त्यति एउटा दुई चार पाँच जनाको एउटा समूह छ, त्यो चुनाब लड्न पनि सक्दैन र जनतासँग भिजेको पनि छैन अनि धेरै ठाउँमा सबैलाई त दोष लाउन मिल्दैन कसै कसैले यसो एक्स्टर्सनबाट पैसासैसा पनि उठाउने पार्टीको अस्तित्व पनि देखाउने निर्वाचनमा निर्वाचन लड्दिन भन्दिए पछि पुगि गयो केहि गर्न परेन कुनै फंक्सन पनि गरेन एउटा पार्टी जीवित पनि रही रहन्छ पैसा उठी पनि रहन्छ र यो खालको प्रवृति देखियो । कसैले मैले अनि त्यस्तो पैसा, कसैले मैले यो व्यापार गरेको छु ,यो उद्योग गरेको छु पार्टीबाट भन्यो त्यसैलाई देखाइदियो, त्यो खालको देखिएको छ । तर पनि यसमा शतर्क त हुनुपर्छ ।’
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा निकायलाई उच्च शतर्कता अपनाउन निर्देशन दिनुभयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
मोहम्मद अरबी खाँको हत्यारा दुई वर्षपछि पक्राउ
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२१, बिर्ताका २२ वर्षीय इन्तेजार भन्ने मोहम्मद अरबी खाँको हत्या भएको दुई वर्षपछि उहाँको हत्यामा संलग्न...
एमालेको झन्डा जलाउने निर्वाचन प्रहरी पक्राउ
राजविराज । सप्तरीको महादेवा गाउँपालिका–५, भगवतपुरमा नेकपा (एमाले)को झन्डा र प्रतिनिधिसभा सदस्य पदका उमेदवार मोहम्मद जियाउल रहमानको तस्बिर जलाएको...
स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण
काठमाडौं। नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण भएका भएका छन्। परिषद्ले फागुन ५ गतेखि...
विध्वंशबाट शिक्षा नलिई चुनाव हुँदा मुलुकको अवसर गुम्दैछ– घनश्याम भुसाल
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ ।यो निर्वाचन नेपाली जनताले चाहेको...




