Breaking News

मोहम्मद अरबी खाँको हत्यारा दुई वर्षपछि पक्राउ

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२१, बिर्ताका २२ वर्षीय इन्तेजार भन्ने मोहम्मद अरबी खाँको हत्या भएको दुई वर्षपछि उहाँको हत्यामा संलग्न अफजल पठानलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार खाँ को हत्यामा संलग्न भई दुई वर्षदेखि फरार रहेका नेपालगन्ज २२ का ५३ वर्षिय अफजल पठानलाई नेपालगन्ज वडा नम्बर १५ स्थित नेपाल भारत सीमाना नजिकबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले नेपालगन्ज २१ विर्ताका अरबी खाँको धारिलो हतियारले हत्या गरेर उहाँको घरदेखि ५०० मिटर दक्षिणतर्फ गङ्गारामपुर्वादेखि तेलियनपुर जाने बाटोमा शव फालेर फरार भई भारतमा बस्दै आएका पठानलाई दुई वर्षपछि पक्राउ गरिएको बताउनुभयो ।

निर्वाचनका लागि पठान नेपालगन्जतर्फ आउन लागेको सूचनाको आधारमा उनलाई सीमाना नजिकैबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पातलीले बताउनुभयो । उहाँले पक्राउ परेका पठान २०६१ साल असार १७ गते भएको हफिजुल्ला खाँ र २०६२ साल भदौ ११ गते भएका रियाज खाँको हत्यामा समेत संलग्न रहेको भनि जाहेरी दर्ता भएकोले सो बारेमा पनि अनुसन्धान भइरहेको बताउनुभयो ।

२०८० साल चैत १८ गते धारिलो हतियार प्रयोग गरे निर्ममतापूवर्क नेपालगन्ज २१ बिर्ताका अरबी खाँको हत्या गरी उनको घरदेखि ५०० मिटर टाढा बाटोमा शव फालिएको थियो । सो हत्या भएलगत्तैबाट परिवार, आफन्त र गाउँलेहरूले समेत हत्यारा पक्राउ गर्न प्रहरीलाई निरन्तर दवाव दिँदै आएका थिए । उनिहरूले पटक पटक आन्दोलन समेत गरेका थिए

ढिलै भएपनि प्रहरीले दुई वर्षपछि हत्यारा पक्राउ गरेर न्यायको अनुभूति गराएको अरवी खाँका काका अब्दुल रहमान खाँले बताउनुभयो । उहाँका अनुसार यसअघि धेरै पटक हारगुहार गर्दा पनि प्रहरीले हत्यारालाई फरार रहेको जनाउँदै पक्राउ गर्न सकेको थिएन ।

सो घटनाको छानबिन गर्न सिआइवीको टोलीसमेत बाँकेमा आएर अनुसन्धान गरेको थियो । अनुसन्धान गरी सिआइबीले बाँके प्रहरीलाई प्रतिवेदनसमेत बुझाएको थियो । अनुसन्धानबाट हत्याराको बारेमा सबै जानकारी प्राप्त भए पनि फरार भएर भारतमा पसेकाले यसअघि पक्राउ गर्न न नसकिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सम्बन्धित समाचार

७ महिनामा १२ खर्ब भन्दा बढीको वैदेशिक व्यापार

७ महिनामा १२ खर्ब भन्दा बढीको वैदेशिक व्यापार

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनामा १२ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू...

निर्वाचन आफ्नो पार्टीका लागि ‘रणनीतिक कार्यभार’ मात्रै : प्रचण्ड

निर्वाचन आफ्नो पार्टीका लागि ‘रणनीतिक कार्यभार’ मात्रै : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन फागुन २१ गतेको निर्वाचन आफ्नो पार्टीका लागि ‘रणनीतिक...

कर्फ्युले थामेन गौरको सुरक्षा, सडकमा सेना

कर्फ्युले थामेन गौरको सुरक्षा, सडकमा सेना

काठमाडौं। दुई समुदायबीचको झडपले उग्र रूप लिएपछि रौतहटको सदरमुकाम गौरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थिति नियन्त्रण बाहिर जान...

एमालेको झन्डा जलाउने निर्वाचन प्रहरी पक्राउ

एमालेको झन्डा जलाउने निर्वाचन प्रहरी पक्राउ

राजविराज । सप्तरीको महादेवा गाउँपालिका–५, भगवतपुरमा नेकपा (एमाले)को झन्डा र प्रतिनिधिसभा सदस्य पदका उमेदवार मोहम्मद जियाउल रहमानको तस्बिर जलाएको...