कर्फ्युले थामेन गौरको सुरक्षा, सडकमा सेना
काठमाडौं। दुई समुदायबीचको झडपले उग्र रूप लिएपछि रौतहटको सदरमुकाम गौरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थिति नियन्त्रण बाहिर जान लागेपछि स्थानीय प्रशासनले शनिबार दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गर्दै शान्ति सुरक्षा कायम गर्न नेपाली सेना परिचालन गरेको छ।
नेपाली सेनाको उपस्थितिपछि गौरका मुख्य सडक र चोकहरू सुनसान र शान्त देखिएका छन्। यद्यपि, सुरक्षा घेराभन्दा बाहिर रहेका भित्री बस्ती र गल्लीहरूमा भने छिटपुट आगजनीका घटना अझै रोकिएका छैनन्। कर्फ्यु र सेनाको गस्तीका बीच गौर नगरपालिका-४ स्थित मचकुटिया टोलमा भर्खरै एउटा स्कुटरमा आगजनी भएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सेनाको टोलीले संवेदनशील क्षेत्रमा ‘फ्ल्याग मार्च’ र गस्ती गरिरहेको छ। हालसम्म प्रदर्शनकारीले ६ वटा मोटरसाइकल र २ वटा जिप जलाएका छन्।
नेपाली सेनाले स्थितिलाई थप भड्किन नदिन र सर्वसाधारणको धनजनको सुरक्षाका लागि भित्री इलाकामा पनि निगरानी बढाएको छ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले भन्नुभयो,‘दक्षिणतर्फ गौर भन्सार कार्यालयसम्मको क्षेत्रमा कर्फ्यु जारी गरिएको छ। स्थिति थप भयावह हुन नदिन सुरक्षाका सबै संयन्त्र परिचालन गरेका छौँ।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
कास्की। मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब...
७ महिनामा १२ खर्ब भन्दा बढीको वैदेशिक व्यापार
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनामा १२ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू...
निर्वाचन आफ्नो पार्टीका लागि ‘रणनीतिक कार्यभार’ मात्रै : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन फागुन २१ गतेको निर्वाचन आफ्नो पार्टीका लागि ‘रणनीतिक...
मोहम्मद अरबी खाँको हत्यारा दुई वर्षपछि पक्राउ
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२१, बिर्ताका २२ वर्षीय इन्तेजार भन्ने मोहम्मद अरबी खाँको हत्या भएको दुई वर्षपछि उहाँको हत्यामा संलग्न...




