भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मतदाताहरूलाई आफ्नो भोटको शक्ति बुझ्न र मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्न आग्रह गर्नुभएको छ । बुटवलमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भोट भनेको शक्ति भएको र यसलाई हस्तान्तरण गर्दा हजारचोटि विचार गर्नुपर्ने बताउनुभएको हो । लिङदेनले विगतमा मतदाताहरू झुटो आश्वासन, केही लिटर पेट्रोल, केही सय रुपैयाँ, वा माछामासु र मादकपदार्थको प्रलोभनमा परेर मतदान गर्दै आएको टिप्पणी गर्नुभयो।
सत्तामा बस्ने नेताहरूले नयाँ समझदारी नगरे र आफ्ना गल्ती नसच्याए देश दुर्घटनामा जाने लिङदेनको चेतावनी छ । अध्यक्ष लिङदेनले राजा, राजनीतिक दल र युवा पुस्ताबीच नयाँ समझदारीको आवश्यकता औंल्याउनु भयो । निषेधको राजनीति अन्त्य गरी देशले जित्ने वातावरण बनाउनुपर्ने उहाँको तर्क छ । उहाँले राप्रपालाई संसदमा बलियो शक्तिको रूपमा पु¥याउन मतदातासँग सहयोग माग्नुभयो । राप्रपासँग देश बनाउने स्पष्ट योजना रहेको दाबी गर्दै लिङदेनले भ्रष्टाचारमुक्त ढंगले काम गरे ५–६ वर्षभित्रै देशको मुहार फेरिने बताउनु भयो । अध्यक्ष लिङदेनले आफ्नो राजनीतिक जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार काण्डको छानविनमा आफ्नो भुमिका रहेको स्मरण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘ मैले हरेक ठाउँमा भन्दै आएको छु कि भोट भनेको शक्ति हो । यो शक्ति हस्तान्तरण गर्ने कुरा हो । त्यसकारणले आफ्नो हात काटेर दिँदा खेरि आफ्नो शक्ति हस्तान्तरण गर्दा खेरि कसलाई दिइराखेको छु भन्नेकुरा हरेक मतदाताले सोच्नुपर्छ । आजसम्म हामीले झुट्ठा आश्वासनमा कहिले केही लिटर पेट्रोलमा, कहिले केही सय, केही हजारमा, जाँडरक्सीमा, माछामासुमा, नातागोतामा अथवा बाउबाजेले बोकी आएको पार्टी भन्नेमै हाल्दै आयौँ । अहिले पनि भोट दिने बेला आएको छ । त्यसमाथि पनि यो भोट विशेष अवस्थामा आएको छ । त्यसकारण यो भोटमा तपाईंले मतदान गर्नुभन्दा अगाडि हजारचोटि सोचेर मात्रै हजारचोटि विचार गरेर मात्रै मतदान गर्नुस् भनेर आएको छु । तपाईंले अहिले सुन्नुभएको होला टोल–टोलमा मानिसहरु कस्तो–कस्तो अनुहार लिएर प्रसन्न सौदापात गर्न आउनुभएको छ। तपाईंहरुले पनि नमस्कार खानुहुन्छ । चुनावभन्दा अगाडि राजा, राजनीतिक दल र नवयुवा पुस्ताको बीच नयाँ समझदारी गरौँ, देशमा नमिलेका विषयहरु मिलाऔँ, निषेधको राजनीति हामीले लामो समयसम्म ग¥यौं । अब कसैले कसैलाई निषेध गर्ने अथवा कसैले हार्ने होइन कसैले नहार्ने देशले जित्ने नयाँ समझदारी गरेर अगाडि जाऔँ अनि चुनावमा जाऔँ । यसो भयो भने फेरि भविष्यमा कसैले विद्रोह गर्नुपर्दैन कसैले आन्दोलन गर्नुपर्दैन भनेर भन्यौँ । तर आज जबर्जस्ती देश चुनावतर्फ अगाडि बढेको छ । हामी अहिले पनि स्थिति सबै राजनीतिक शक्तिहरुलाई राष्ट्रिय सहमतिमा आउन र चुनाव बरु दुई महिना पाँच महिना छ महिना पछि गरे हुन्छ तर एउटा समझदारी गरेर चुनावमा जाऔँ भन्ने प्रयत्न गरिराखेका छौँ ।’
उहाँले काँग्रेस, एमाले र माओवादीका समर्थकहरूलाई पनि एकचोटि राप्रपाको चुनाव चिन्ह ‘हलो’ मा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले प्रत्यक्षतफ र समानुपातिकतर्फ राप्रपालाई मतदान गरी देश बचाउने अभियानमा सहभागी हुन सबैलाई अपिल गर्नुभयो।–न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्त्येष्टि गरिएको छ। उहाँको आज पशुपति आर्यघाटमा...
अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु
काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा...
वर्षासँगै घट्यो वायु प्रदूषण
काठमाडौँ। केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क...
आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन
हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...




