कस्तो रहला आजको मौसम
काठमाडौँ । नेपालको वायुमण्डलमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकका विभिन्न भागको मौसममा फेरबदल देखिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला तराईका धेरैजसो भूभागमा बाक्लो तुवाँलो लागेको छ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ। बागमती र लुम्बिनी प्रदेशका उच्च भूभागमा पनि आंशिक बादल लागेको देखिए पनि अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहेको छ। पहाडी र हिमाली क्षेत्रका केही सीमित स्थानमा अहिले हल्का वर्षा र हिमपात भइरहेको छ जसले गर्दा ती क्षेत्रमा चिसोको मात्रा बढेको महसुस गरिएको छ।
सोमबारको पूर्वानुमान अनुसार तराईका जिल्लाहरूमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना छ जसका कारण जनजीवन र यातायातमा केही प्रभाव पर्न सक्ने देखिएको छ। देशका हिमाली भूभागमा दिनभरजसो बादल लाग्ने सङ्केत देखिए पनि तराई क्षेत्रमा भने दिउँसोतिर मौसम सफा रहने अनुमान गरिएको छ। विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना कायमै रहेकाले पर्वतारोहण र उच्च पहाडी यात्रामा निस्कनेहरूलाई सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
ताजा अपडेट
-
१.
अफगानिस्तानद्वारा पाकिस्तानी हवाई हमलाको पुष्टि
-
२.
‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: ओली
-
३.
पाकिस्तानद्वारा अफगानिस्तान सीमासँगैका उग्रवादी शिविरहरूमा आक्रमण
-
४.
‘इथानोल पेट्रोलियम पदार्थमा मिसाउने सरकारी निर्णय कार्यान्वयनबाट पछि हट्दैनौँ’
-
५.
काठमाडौं–४ का नेकपा उम्मेदवार भुसालको घोषणाः शिक्षा निःशुल्क र स्वास्थ्य सर्वसुलभ बनाउँछु
ट्रेन्डिङ
सम्बन्धित समाचार
पोखराबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो, १७ जनाको मृत्यु
काठमाडौँ। पोखराबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा घाइते भएकाको संख्या २८ पुगेको छ। गएराति धादिङस्थित त्रिशूली नदीमा बस खस्दा...
पार्टीको झण्डा जलाउन बन्द गरियोस् : काँग्रेस
काठमाडौँ। नेपाली काँग्रेसले निर्वाचन प्रचारको क्रममा पार्टीको झण्डा जलाउनेलगायतका गतिविधि तत्काल बन्द गर्नुपर्ने जनाएको छ। आइतवार पार्टी मुख्यालय सानेपामा...
घरभित्र पसेको चितुवाको उद्धार
काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित घरभित्र पसेको चितुवाको उद्धार गरिएको छ। काठमाडौँ डिभिजन वन कार्यालयको टोलीले ‘डार्ट’ गरेर चितुवाको...
रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश
काठमाडौँ । विशेष अदालतले पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष...




